दशैैं विशेष कविता

पोष्ट खगिन्द्रा खुसी · असोज २६, २०८१ ८:४२ PM
Cover Image for News

कविशिरोमणि लेखनाथ पौड्यालको दशैं विशेष कवितासहित विजयादशमीको सुखद अवसरमा हाम्रा समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित नेपाली  साहित्य डटकमका तर्फबाट  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।

जता जाऊँ सबै भन्छन्
दशैँ आयो दशैँ आयो
यही आनन्द चर्चाले
सबै सङ्कट बिर्सायो ।

ठूला साना सबैलाई
दशैँ अत्यन्त राम्रो छ
चलेका जाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ ।

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दङ्ग
सबैको देखिँदै आयो
उज्यालो चेहरा रङ्ग ।

ट्यागहरू:
सहित्य कविता literature svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६