दशैैं विशेष कविता
कविशिरोमणि लेखनाथ पौड्यालको दशैं विशेष कवितासहित विजयादशमीको सुखद अवसरमा हाम्रा समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित नेपाली साहित्य डटकमका तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
जता जाऊँ सबै भन्छन्
दशैँ आयो दशैँ आयो
यही आनन्द चर्चाले
सबै सङ्कट बिर्सायो ।
ठूला साना सबैलाई
दशैँ अत्यन्त राम्रो छ
चलेका जाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ ।
सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दङ्ग
सबैको देखिँदै आयो
उज्यालो चेहरा रङ्ग ।
ट्यागहरू:
सहित्य
कविता
literature
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
याे दशैंमा
✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २० अक्टोबर २०२६
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६