ठमेलका सम्पदाहरु’पुस्तक सार्वजनिक

दिलिप घिमिरे · चैत ११, २०८२ १०:३९ PM
Cover Image for News

झापा ११ चैत्र /काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरुलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ पुस्तक सार्वजनिक गरिएको छ। 

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा प्रकाशित पुस्तकको विमोचन गरिएको हो । 
ठमेलभित्रका एक दर्जनभन्दा बढी सम्पदालाई समावेश गरिएको उक्त पुस्तकमा सम्पदाको खोज अनुसन्धानकर्ता प्रकृति अधिकारीले गरेकी छन् । 
 पुस्तकमा ठमेलभित्रका ठमेलेश्वर मन्दिर,मैत्रीपुर महाविहार,नाट्टेश्वर,त्रिदेवी मन्दिर,अशोक चैत्य, भगवान बहालको बारेमा वर्णन गरिएको छ।यस्तै,भगवती मन्दिर,भीमसेनपाटी,गाःहिटी,गुणाकर महाविहार,करुणापुर महाविहार,तःहिटी चैत्य,श्री गाहा चैत्यको बारेमा खोज अनुसन्धान गरिएको छ। 
ठमेल व्यापारिक केन्द्र मात्र नभई नेपालको जीवित सांस्कृतिक सम्पदाको क्षेत्र पनि हो।पुस्तक विमोचन समारोहमा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष धमलाले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ठमेल क्षेत्रभित्रका सम्पदाको बारेमा जानकारी दिन पुस्तक प्रकाशन गरिएको बताए । 

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।