दक्षिण कोरियाकी हान काङलाई २०२४को साहित्यतर्फको नोबेल पुरस्कार

दिलिप घिमिरे · असोज २५, २०८१ ९:०० PM
Cover Image for News

दक्षिण कोरियाकी हान काङलाई २०२४को साहित्यतर्फको नोबेल पुरस्कार

२५ असोज /यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी छन्।उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन्।

 नोबेल पुरस्कार समितिका अनुसार "ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका चरम काव्यात्मक गद्यका लागि" उनलाई पुरस्कार दिइएको हो।

 ५३ वर्षीय आख्यानकार काङले 'दी भेजिटेरिअन' नामक उपन्यासका निम्ति सन् २००७ मा 'म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार' प्राप्त गरेकी थिइन्।उनी कोरियन साहित्यमा एक अदितीय लेखिकाका रुपमा चर्चित छिन्।

 सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ। जसमा १ सय २१ जना साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेका छन्।  यसअघि सन् २०२३: नर्वेका लेखक यून फोसालाई ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेको’ भन्दै प्रदान गरिएको थियो। त्यसअघि  सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई ‘विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे  लेख्ने गरेको’ भन्दै समान गरिएको थियो।

 विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टैगोर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायत विश्व प्रसिद्व साहित्यकारले प्राप्त गरेका थिए।
 यसवर्षको नोबेल साहित्य पुरस्कार दक्षिण कोरियन साहित्यकार हान काङले प्राप्त गरेकी छिन्। उनी साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने १८औँ महिला बनेकी छन्।

नोबेल पुरस्कार समितिका अनुसार दक्षिण कोरियाली हान काङले ‘ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने चरम काव्यात्मक गद्यका लागि’ पुरस्कार प्रदान गरिएको उल्लेख छ।
 आख्यानकार काङले ‘दी भेजिटेरिअन’ नामक उपन्यासका निम्ति यसअघि सन् २००७ मा ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेकी थिइन्। उनी कोरियन साहित्यमा एक अदितीय लेखिकाका रुपमा चर्चित छिन्।

 सन् १९०१ देखि २०२४ सम्म साहित्यतर्फ यो पुरस्कार ११७ पटक प्रदान गरिएको छ। जसमा १ सय २१ जना साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेका छन्।  यसअघि सन् २०२३: नर्वेका लेखक यून फोसालाई ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेको’ भन्दै प्रदान गरिएको थियो। त्यसअघि  सन् २०२२: फ्रान्सेली साहित्यकार एनी एर्नोलाई ‘विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे  लेख्ने गरेको’ भन्दै समान गरिएको थियो।

 विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टैगोर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनील लगायत विश्व प्रसिद्व साहित्यकारले प्राप्त गरेका थिए।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
थाहा छ तर पर्खिरहेछु
थाहा छ तर पर्खिरहेछु
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४