तेराखको दुईदिने साहित्यिक यात्रा समापन

Admin · जेठ २९, २०८१ ५:३७ PM
Cover Image for News

 साहित्यकार तेराख प्रतिष्ठान मेचीनगर- धुलावारीको आयोजनामा दुई दिने साहित्यिक यात्रा समापन गरेको छ

झापाको प्रचण्ड गर्मीलाई छल्न प्रतिष्ठानले  जेठको १८ गते देउमाई नगरपालिका वार्ड नं ७  स्थित खान्द्रुङ मा वि खान्द्रुङमा भएको साहित्यिक कार्यक्रम सभ्य,भव्य र दिव्यरुपमा सम्पन्न गरेको हो।  कार्यक्रम समापन पश्चात् सिद्धिथुम्का, खान्द्रुङ गुफाको भ्रमण समेत गरिएको थियो । यात्रामा प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, अध्यक्ष शिवकुमार पौडेल, उपाध्यक्ष दुर्गा खतिवडा,सचिव जय भण्डारी,कोषाध्यक्ष सुशीला दाहाल  खतिवडा,सदस्यहरु लीना भण्डारी,देवीचरण भण्डारी, मुना राना र सुरेस खतिवडा, प्रतिष्ठानका सल्लाकार तथा अग्रज सञ्चारकर्मी,चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई,स्रष्टाहरु विवश बलिभद्र कोईराला, अभागी थेगुवा, गीता सुवेदी नेपाल, दिलीप घिमिरे, खगिन्द्रा खुसी,गणेश निरौला, कालीबहादुर थापा,साहित्य अनुरागी पार्वती भण्डारी,आगमन खतिवडाको सहभागिता रहेको थियो। 

 साहित्यकार तेजराज खतिवडा आफू जीवित हुँदै प्रतिष्ठानको स्थापना गर्नु भएको थियो। उहाँले सर्वप्रथम २०७६ सालमा स्रष्टा एकता मञ्चको व्यानरमा आफूले अध्ययन गरेको विद्यालय करफोक मा. वि. करफोक इलाममा साहित्यिक यात्राको थालनी गर्नु भएको थियो। उहाँको देहवासन पश्चात् साहित्यिक यात्रालाई निरन्तरता दिँदै यसपटकको यात्रा तय गरिएक‍ो प्रतिष्ठानका अध्यक्ष पौडेलले बताए । 

Photo

खान्द्रुङ मावि मा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक काजीमान एक्तेनले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्राप्त गरेको उपलब्धीका साथै भौतिक संरचनाका बारेमा जानकारी गराउदै कार्यक्रममा प्र अ काजीमान एक्तेनले स्वागत गर्नु भएको थिए। विद्यालय व्यस्थापन समितिकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षतामा कार्यक्रम भएकॐ थियोे ।

यसैगरी यात्राको दोस्रो दिन भानुभक्त मा वि मङ्गलबारेमा पनि विहान ८:०० बजेदेखि साहित्यिक कार्यक्रम भएको थियो। देउमाई नगरपालिका वार्डनं ४ वडाध्यक्ष भीमलाल खनालको साभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि देउमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रुपेन्द्र न्यौपाने र विशिष्ट अतिथिको रुपमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारी थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बासुदेव कट्टेलले स्वागत मन्तव्य सहित विद्यालयको शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप र विद्यालयको भौतिक संरचनाका बारेमा जानकारी गराएका थिए।

साहित्यिक यात्राका प्राय सबै सहभागीहरुले रचना वाचन गर्नु भएका थिए भने विद्यालयका शिक्षकहरु अर्जुन फूयल र ज्ञानु फूयलले पनि कवितावाचन गर्नु भएको थियो। कार्यक्रममा विविध विषयमा  मन्तव्य चन्द्र भण्डारीले राखेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अर्जुन फूयलले र प्रतिष्ठानका सचिव जय भण्डारीले  गर्नुभएको थियो।

    कार्यक्रम समापन पश्चात् यात्रा पानीटारको सुन्दर हरियाली चिया बगानको अवलोकनमा गर्दै समापन गरिएको थियोे ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।