श्यामकृष्ण श्रेष्ठको व्यक्तित्वलाई नियाल्दा - डा.पृथ्वी राई

डा.पृथ्वी राई · मंसिर १३, २०८३ ७:५३ AM
Cover Image for News

'प्रतिभाशाली, साधनारत श्यामकृष्ण श्रेष्ठ मेरो अनुभवमा एउटा समुद्र हुन्'- चूडामणि रेग्मी 

साहित्यस्रष्टा श्यामकृष्ण श्रेष्ठको समुद्र व्यक्तित्वका वारेमा केही शब्द लेख्न वस्दा म एकै चोटी रोमाञ्चित तर केही असहज महसुस गर्दैछु । 'रोमाञ्चित' यस अर्थमा कि उहाँको जीवन एउटा वहुप्रतिभाशाली सङ्घर्षशील व्यक्तिको कथा हो, जसलाई पढेर पछिल्ला पुस्ताका मानिसले थुप्रै मूल्यवान् मानवीय गुणहरू सिक्न सक्छन् र.‘असहज' यस अर्थमा कि उहाँजस्तो वहुप्रतिभासम्पन्न व्यक्तित्वका बारे थोरै शब्दमा लेख्नुपर्दा लेख नै अपूरो हुन गई कतै उहाँप्रति अन्याय त हुँदैन ? सरल, शिष्ट, स्वावलम्वी, स्वाभिमानी, शालीन व्यक्तित्वका धनी श्यामकृष्ण श्रेष्ठका वारेमा गहन अध्ययन- अनुसन्धान नगरी कलम चलाउनु निश्चय पनि एउटा कठिन काम हो, तथापि यस छोटो लेखमार्फत उहाँको व्यक्तित्वका केही पाटाहरूलाई शब्दचित्रमा उतार्ने प्रयास गरेको छ । यो लेख छु उहाँसँगकै व्यक्तिगत भेटघाट तथा कुराकानी, उहाँका कृतिहरू र विद्वान् । साहित्यकारहरूद्वारा उहाँका वारेमा लेखिएका केही लेखोटहरूका आधारमा तयार पारिएको हो । 

 साहित्य, सङ्गीत, जीविका, समाजसेवा आदि विविध क्षेत्रमा कार्यरत रही महत्त्वपूर्ण अनुभव बटुल्नुभएका सङ्घर्षशील एक आदर्श व्यक्तित्व श्यामकृष्ण श्रेष्ठको जीवनका केही रोचक एवम् उदाहरणीय पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिन्छ । : 

प्रतिभाशाली, आत्मविश्वासले भरपूर व्यक्ति :

श्यामकृष्ण श्रेष्ठले आफ्नो जीवनमा औपचारिक तवरमा कुनै पनि स्कुल र कलेजमा भर्ना नभई आफ्नो विशिष्ट प्रतिभा, आत्मविश्वास र दढ अठोटले गर्दा वि.ए. (२०१९ सालमा) र एम.ए (२०२५ सालमा) गरी स्नातकोत्तर तहसम्मको  शैक्षिक उपाधि हासिल गर्नुभयो । साहित्यकार चूडामणि रेग्मीका शव्दमा "म्याट्रिकदेखि स्नातकोत्तरसम्म सबै परीक्षा निजी अध्ययनले पूरा गर्ने स्वाध्यायी, शिष्ट, मिलनसार, हसमुख, पुड्का श्यामकृष्णको अग्लोपन कति छ ?... यिनी 'वामन अवतार' न हुन् ।" यसवाट हामीले सिक्नुपर्ने कुरा के हो भने - यदि मानिसले आफूमा निहित प्रतिभालाई नलुकाई आत्मविश्वास र दृढ अठोटका साथ लागिपरेमा कठिनतम उद्देश्य पनि हासिल गर्न सकिन्छ । यस अर्थमा श्यामकृष्ण श्रेष्ठ एउटा अनुपम उदाहरणीय व्यक्तित्व हुन् । 

पुराना पुस्ताका अथक साहित्यस्रष्टा :

   मेची अञ्चलको अग्रणी साहित्यस्रष्टा श्यामकृष्ण श्रेष्ठका तीनवटा कविता सङ्ग्रह, एक- एक ओटा कथा सङ्ग्रह, निवन्ध सङ्ग्रह कृतिहरू लगायत थुप्रै मूल्यवान् रचनाहरू प्रकाशित भएका छन् र उहाँ थुप्रै र आत्मवृत्तान्त जस्ता पुरस्कारहरूवाट सम्मानित भैसक्नुभएको छ । उहाँको साहित्यिक व्यक्तित्वका वारेमा समकालीन साहित्यकारहरूद्वारा अभिव्यक्त धारणा एवम् मन्तव्यहरू ज्यादै मननयोग्य छन् । आधुनिक नेपाली कथा साहित्यका विख्यात कथाशिल्पी परशु प्रधानका शव्दमा - “श्यामकृष्ण श्रेष्ठ नेपाली भाषा-साहित्यका एक वलिष्ठ स्तम्भका रूपमा प्रतिष्ठित, श्रद्धा र आस्थाका, विश्वास र सम्मानका पुञ्ज हुनुहुन्छ । उहाँले नेपाली जनजीवनलाई साह्रै नजिकवाट हेर्नु/भोग्नुभएको छ र आफ्ना भोगाइको यथार्थलाई कल्पनाको रङले मुछेर जीवन्त कथा-साहित्य लेख्नुहुन्छ ।” २०४५ सालमा श्यामकृष्ण श्रेष्ठलाई महानन्द पुरस्कार प्रदान गर्दै कविवर केदारमान व्यथितले - "मेची अञ्चलकै जिजु साहित्यस्रष्टालाई आफ्नो हातवाट पुरस्कार दिन पाउँदा गर्वको अनुभूति भएको” वताउनुभएको थियो । महाकवि देवकोटासँगको सामीप्यता (२००९ देखि २०१५ सालसम्म) र उहाँवाट पाएको माया एवम् प्रोत्साहनको सधैं प्रशम्सा गर्दै उहाँ आफूलाई महाकविका प्रिय शिष्य एवम् भक्त वताउनुहुन्छ । २०१६ सालदेखि आफ्नो व्यावहारिक-जागिरे जीवनको कार्यव्यस्तताले हुनसक्छ, करीव तीन दशक लामो | कालखण्ड साहित्यलेखनवाट अलग रहनुभयो । गणेशवहादुर प्रसाईंका अनुसार “श्यामकृष्ण श्रेष्ठको २०१६ सालदेखि २०४५ सालसम्मको तीन दशक उनको जीवनका साहित्यिक अनुर्वर काल हो ।” त्यसपछि उहाँ फेरि साहित्य सन्सारमा फर्कनुभयो र साहित्यिक यात्रालाई निरन्तरता दिनुभयो जुन यात्राक्रम आजसम्म जारी नै छ, एउटा अथक साहित्यिक यात्रीको रूपमा । उहाँको उमेर (७६ वर्षीय) ले समेत उहाँलाई रोकेको छैन । उहाँवाट हामीले सिक्नुपर्ने पाठ के हो भने जीवन एउटा सङ्घर्ष हो, हिंडिरहनुपर्छ, गन्तव्यमा पुग्नका लागि मान्छेको इच्छाशक्ति र उत्साहलाई उमेरले छेक्न सक्तैन । 

कर्तव्यनिष्ठ राष्ट्रसेवक श्यामकृष्ण :

श्यामकृष्ण श्रेष्ठ असल शिक्षक, अनुवादक र सरकारी जागिरेको रूपमा ४० वर्षभन्दा वढी समय राष्ट्रसेवामा समर्पित रहनुभइ २०४९ सालम • सेवानिवृत्त हुनुभयो । आफ्नो लामो जागिरे जीवनमा आफूले भोगेका, गरेका निर्वाह गरेको यावत वृत्तान्तको सङ्गालो 'मेरो जागिरे जीवन' नामक उहाँद्वारा सेवाका वारेमा र एउटा इमान्दार तथा कर्तव्यनिष्ठ राष्ट्रसेवकको भूमिका लिखित आत्मवृत्तान्तमा समेटिएको छ । 

उहाँद्वारा लिखित उक्त आत्मवृत्तान्त ज्यादै पठनीय र सङ्ग्रहणीय कृति हो, एउटा राष्ट्रसेवकले सिक्नुपर्ने र गर्नुपर्ने थुप्रै मूल्यवान् कुराहरू यसम पर्याप्त मात्रामा पाइन्छ । 

आफ्नो लामो जागिरे जीवनवाट के-कस्ता उपलब्धि हासिल गर्नु भो त “मैले सर्वत्र 'इष्ट-मित्र' कमाएको छु ? भनी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ शुभचिन्तकहरू, आर्जन गरेको छु । आफ्नो व्यक्तिगत स्वार्थसिद्धिका लागि मैन कहीं कुनै ठाउँमा पनि कसैको चित्त दुखाएजस्तो लाग्दैन । जागिरकै निम्ति पनि मैले कहिल्यै पनि कसैसित पनि 'भनसुन' गरिनँ ।” उहाँ भन्नुहुन्छ - "मानसिक रूपले मभन्दा सुखी, सन्तुष्ट, शान्त र समृद्ध कोही होला जस्तो लाग्दैन ।” उहाँ थप्नुहुन्छ - सेवानिवृत्त भएदेखि म समयको अधिनवाट मुक्त भई चरु समय नै मेरो अधिनस्थ भएको अनभव गर्दछु ।” " उहाँको सुखी र सन्तुष्ट जीवनको साँचो भनेकै निःस्वार्थ भावले कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु थियो । साँचो अर्थमा सुख भनेको नै महाकवि देवकोटाको शव्दमा “आफू मिटाइ अरूलाई दिनु" मा निहित छ, जुन कुरा श्यामकृष्ण श्रेष्ठले आफ्नो जीवनमा लागू गरी एउटा सुखी सन्तुष्ट जीवन विताउँदै हुनुहुन्छ । 

युवा श्यामकृष्ण र सङ्गीत :  

 श्यामकृष्ण श्रेष्ठको युवावस्था साहित्यकर्मीका साथै एक सङ्गीतकर्मीको रूपमा समेत वुझ्न सकिन्छ । सानै उमेरदेखि सङ्गीतप्रतिको अभिरूचि र पारिवारिक साङ्गीतिक माहोलका कारण श्यामकृष्ण गायन तथा वाद्य वादन दुवैमा निपुर्ण हुनुहुन्थ्यो । इलाममा त्यो समयमा अमिनीको लप्टनलाई हार्मोनियम वजाई भजन “लप्टन सोमध्वज, हारमोनियम र जागिर" र "लप्टन विर्खवहादुर थापा र पुनः भागवतकुञ्ज" शीर्षक लेखमा प्रष्ट पार्नुभएको छ ।

लेखमा गणेशवहादुर प्रसाई लेख्नुहुन्छ : “श्यामजीको मुरलीवादन सुनेपछि मेरा र उहाँद्वारा लिखित 'स्वर्गमा कविगोष्ठी' (कविता सङ्ग्रह) को आमुख मदन श्रेष्ठजीका आँखावाट वर्वतो आँसु झरेका थिए र हामी दुवै जना अत्यन्तं प्रभावित भएका थियौं ।” उहाँको व्यक्तित्व र प्रतिभा वहमुखी भएको यो एउटा उदाहरण हो । तर उहाँमा रहेको साङ्गीतिक प्रतिभाले २१-२२ वर्षको उमेरपछि व्यावहारिक जीवनमा प्रवेश गरेपछि निरन्तरता पाउन सकेन, जुन नेपाली साङ्गीतिक क्षेत्रको लागि एउटा दुःखद कुरा हो । 

स्वावलम्वी, परिश्रमी र सहयोगी व्यक्ति : श्यामकृष्ण श्रेष्ठको जीवनशैली एकदमै सरल, स्वावलम्वी किसिमको छ । महात्मा गान्धीको 'सादा जीवन : उच्च विचार' भन्ने सिद्धान्तलाई उहाँले आत्मसात गर्नुभई व्यवहारमै लागु गरेको पाइन्छ । उहाँ ज्यादै परिश्रमी हुनुहुन्छ, आफ्ना र घरका सवै कामहरू जस्तै : खाना पकाउने, धुने, सरसफाइ गर्ने, फूलवारी गोडमेल लगायतका कामहरू आफैं गर्नुहुन्छ । आफ्नो व्यक्तिगत सुख- सुविधाका लागि अरूलाई जोताएर दुःख दिने काम गर्नुहुन्न । उहाँमा दया, उदारता, मानवीयता, कृतज्ञता जस्ता गुणहरू भरमार पाइन्छ । आजको मानवीय गुणहरू हराउँदै गएका समयमा पनि उहाँजस्तो व्यक्तित्व हाम्रो समाजमा रहनु हामी सवैका लागि गर्वको कुरो हो । समग्रमा भन्नुपर्दा श्यामकृष्ण श्रेष्ठ मानवीय गुणले भरपुर, एउटा शालीन, उदाहरणीय, आदर्श व्यक्तित्व हो, उहाँको जीवनशैली ज्यादै सरल तर उच्च र सम्मानित छ, त्यसैले अनुकरणीय छ ।

 हाल यस लेखका नायक श्यामकृष्ण श्रेष्ठको निधन भइसकेको छ । 

ट्यागहरू:
literature svikarokti nepalisahitya साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
महागुरु फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द जयन्ती
दिलिप घिमिरे - मङ्गलबार ११ नोभेम्बर २०२५