महागुरु फाल्गुनन्द जयन्ती

दिलिप घिमिरे · कार्तिक २६, २०८२ ७:५६ AM
Cover Image for News

२५ कार्तिक /किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
 वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

भनिन्छ, युग पुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ;यस्ता युग पुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौं युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ ।यस्तै युग पुरुष हुन् फाल्गुनन्द!
 किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

फोटो
किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन वि.सं २००५ मा भएको हो । किराँत समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किराँत ज्योतिष सङ्घका संस्थापक अध्यक्ष चन्द्रकुमार शर्माले जानकारी दिनुभयो । 

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४