आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती

खगिन्द्रा खुसी · माघ २५, २०८२ ८:०८ AM
Cover Image for News

बालकृष्ण समको जन्म वि.सं. १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो। 

सेवा, पेसा र संलग्नता

कृतिहरु

डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा मुटुको व्यथा (१९८६), मुकुन्द-इन्दिरा (१९९४), प्रह्लाद (१९९५), अन्धवेग (१९९६), भक्त भानुभक्त (२०००), प्रेमपिण्ड (२००२), अमरसिंह (२०१०), स्वास्नीमान्छे (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये मुटुको व्यथा, मुकुन्द-इन्दिरा, म आदि सामाजिक हुन् भने अमरसिंह, भक्त भानुभक्त, भीमसेनको अन्त्य आदि ऐतिहासिक हुन्। त्यस्तै, ध्रुब, प्रह्लाद आदि पौराणिक नाटक हुन् भने स्वास्नीमान्छेचाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा ध्रुब, प्रह्लाद, मुकुन्द-इन्दिरा आदि संयोगान्त तथा मुटुको व्यथा, अन्धवेग, प्रेमपिण्ड आदि दुःखान्त भएका छन्। उनका बोक्सी, नालापानीमा, बिरामी र कुरुवा, रणदुल्लभ जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल देखिन्छन्।

लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।

उनको मृत्यु वि.सं. २०३८ साल साउन ६ गते, पशुपति आर्यघाट, काठमाडौँमा भएको थियो।

ट्यागहरू:
सहित्य samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
महागुरु फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द जयन्ती
दिलिप घिमिरे - मङ्गलबार ११ नोभेम्बर २०२५
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४