आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती

खगिन्द्रा खुसी · माघ २५, २०८२ ७:५० AM
Cover Image for News

धरणीधर कोइरालाको जन्म तात्कालिन पूर्व २ नम्बर, दुम्जा सिन्धुलीमा वि.सं. १९४९ साल माघ २४ गते भएको हो । माता पूण्यमातादेवी तथा पिता आवन्तिनाथ कोईरालाका पुत्र धरणीधरको बाल्यकाल हजुरबुबा पूर्णानन्दको काखमा बित्यो । बनारसबाट आई ए को अध्ययन पुरा गरेका कवि धरणीधर नेपालमा जागिर नमिलेपछि आफ्ना समकालिन मित्र पारसमाणि प्रधानको सहयोगमा वि.सं.१९७६ मा दार्जिलिङको एक सरकारी विद्यालयमा नेपाली शिक्षकको रूपमा प्रवेश गरे । शिक्षकको रूपमा रहेकै बेला कलकत्ता विश्वविद्यालयबाट स्नातक तथा ढाका विश्वविद्यालयबाट बि टि परीक्षा उत्तिर्ण गरेका धरणीधर संस्कृत भाषाका प्रकाण्ड विद्वान थिए । पछि सोहि विद्यालयमा प्रधानाध्यापकको कार्यभार पाएका धरणीधर सन् १९४९मा सेवानिब्रित्त भए । त्यसपछि स्वतन्त्र भारतको पहिलो विधानसभा निर्वाचनमा काङ्ग्रेसका तर्फबाट प्रत्यासी बनेका धरणीधर पराजित भएपछि सन् १९४९ डिसेम्बर देखि दार्जिलिङ जिल्ला सामाजिक शिक्षा अधिकारी भएर सन् १९५४ डिसेम्बर सम्म कार्यरत रहे । त्यसपछि वि.सं. २०१२ सालमा नेपाल फर्किएका धरणीधरले फर्पिङको त्रिभुवन आवासीय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहे । आफ्नो सम्पूर्ण जीवन नै नेपाली भाषा तथा शिक्षाको सेवामा समर्पित गरेका धरणीधरको वि.सं. २०३६ सालमा पशुपति क्षेत्रमा निधन भयो ।

धरणीधरद्वारा लिखित नैवेद्य नामक प्रसिद्ध कविताकृति बाहेक स्पन्दन, नेपाली मन्जरी, लोकको राज जस्ता कविताकृतिहरु पनि प्रकाशित छन् । धरणीधरले विभिन्न लेख रचना , जीवन तथा वक्तव्यहरु नेपाली वाङमयलाई दिएका छन् । शैक्षिक तथा सामाजिक चेतना, उच्च सस्कार, देशभक्ति एवम् मानविय धारणा जगाउने खालका प्रेरणा धरणीधरका कृतिहरूमा पाइन्छ ।

  • नैबेद्य (१९२०)
  • जाग जाग
  • आशा
  • स्पन्धन

पुरस्कार तथा सम्मान

वि.सं. २०२२ सालमा धरणीधरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले त्रिभुवन प्रज्ञा पुरस्कारबाट सम्मानित गर्नुका साथै आजिवन प्राज्ञका रूपमा सम्मान दियो । वि.सं. २०३१ सालमा नेपाली साहित्य सम्मेलनले रथ शोभायात्रा गराई सम्मान दियो । वि.सं. २०३१ सालमा त्रिभुवन विश्वविद्यालयले साहित्य महाविद्यावारिधिबाट सम्मानित गरेको थियो ।

ट्यागहरू:
सहित्य sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
महागुरु फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द जयन्ती
दिलिप घिमिरे - मङ्गलबार ११ नोभेम्बर २०२५
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४