शिवसताक्षीमा हाजिरीजवाफ, चित्रकला,वक्तृत्वकला तीनै विधामा रेडरोज एकाडेमी प्रथम

दिलिप घिमिरे · माघ २६, २०८२ ८:११ PM
Cover Image for News

झापा २५ माघ/झापाको शिवसताक्षीमा स्थानीय स्काउट शिवसताक्षीको आयोजनामा हाजिरीजवाफ,वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिताका तीनै विधामा रेडरोज एकेडेमी प्रथम भएको छ।

चित्रकला,हाजिरीजवाफ र वक्तृत्वकला तीनवटै विधामा उत्कृष्ट प्रदर्शन गर्दै रेडरोज एकेडेमीले प्रथम स्थान हासिल गरेको हो। चित्रकला विधामा निम्बस अंग्रेजी विद्यालयले द्वितीय तथा भानु माध्यमिक विद्यालय, पाराबारीले तृतीय स्थान प्राप्त गरेका छन्।
हाजिरीजवाफ प्रतियोगितामा द्वितीय स्थान दिपेन्द्र आधारभूत विद्यालयले हासिल गरेको छ भने निम्बस अंग्रेजी विद्यालय तृतीय स्थानमा रहेको स्थानीय स्काउट शिवसताक्षीका संयोजक डिगम पराजुलीले जानकारी दिनुभयो।
त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा निम्बस अंग्रेजी विद्यालयले द्वितीय र लालपानी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका छन्।
 प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पुरस्कार वितरण गर्नु भएको थियो।

फोटो
कार्यक्रममा युवराज रिजाल,नगेन्द्र सुवेदी,लोकेन्द्र दाहाल,शिशिर भट्टराई र वादल देवानले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष खत्रीले गर्नुभएको थियो।

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू