श्रष्टा दिलिप घिमिरे मनाहाङ स्मृति पत्रकारिता पुरुस्कारबाट सम्मानित
![Cover Image for News](https://nepalisahitya.com/storage/117/01HWG7N2FTCDFSHMAXYDX42Z2Z.png)
सताक्षी प्रेस क्लबको आयोजनामा सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता तथा श्रष्टा दिलिप घिमिरे मनाहाङ स्मृति पत्रकारिता पुरुस्कारबाट सम्मानित हुनु भएको छ ।
झापाको दुधेमा सम्पन्न क्लबको ८औ बार्षिक साधारण सभामा उहाँलाई सम्मान गरिएको हो ।
घिमिरेसँगै साहित्यकार बिराट किरातीलाई रोजिन स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । दुवै जनालाई जनही नगद १० हजार ५०० रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुमित्रा वाङदेल चेली र विशिष्ट अतिथि गीतकार शिव शंकर थापाले दुवै प्रतिभाहरुलाई नगदसहित सम्मान–पत्र प्रदान गरेका हुन् ।
मनाहाङ स्मृति पत्रकारिता पुस्कारका संस्थापक भवनी बिक्रम सेलिङले उनीहरुलाई ढाका टोपी लागाइदिएर थप सम्मान अर्पण गरे ।
सतासी प्रेस कलबका अध्यक्ष सेलिङ केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टंक भण्डारीले शाब्दिक स्वगत गरेका थिए ।
रोजिन स्मृति प्रतिष्ठान, शिवसतासी र सतासी प्रेस क्लब झापाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन विवस बलिभद्र कोइरालाले गरेका थिए ।
कार्यक्रममा साहित्यकार अभागी थेगुवा,आख्यानकार कृष्ण बराल,गीतकार टीका भट्टराई नेपाल ,शिवसताक्षी नगरपालिका लेखाअधिकृत प्रकाश योङहाङ,गजलकार कृष्ण कास्यप, किसान कृषी सहकारीका अध्यक्ष हरी शंकर सिलवाल, शिवसताक्षी सुनचाँदी व्यवसायीका संघका उपाध्यक्ष रोमन लामगादे, कवि राजकुमार सुब्बा अनिश्चित , पत्रकार केशव भट्टराई ,विपिन राई लगायको उपस्थिती रहेको थियो ।
![User](https://nepalisahitya.com/images/user.png)
![बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम](https://nepalisahitya.com/storage/212/01J3QW46V6FA3EHC4TH8AS6ZJ5.jpg)
![बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न](https://nepalisahitya.com/storage/211/01J3QVEB81Q26A68ARK06T0HDX.jpg)
![आमा र आमाका साथीहरू](https://nepalisahitya.com/storage/208/01J3Q0GR52711GZNEJNX36GKGD.jpg)
![अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श](https://nepalisahitya.com/storage/207/01J3NHYCYH88W3Q9D69801FS6G.jpg)