सुवास सुनारको ‘सोच र सफलता’ नामक पुस्तक लोकार्पण

खगिन्द्रा खुसी · माघ ६, २०८२ ९:५२ AM
Cover Image for News

झापा,माघ ५ । सुवास सुनारद्वारा लिखित ‘सोच र सफलता’ नामक पुस्तक लोकार्पण भएको छ । नेपाल सरकारका कृषि विकास अधिकृत समेत रहेका सुनारको सो कृति एक विशेष समारोहबिच शनिबार लोकार्पण गरिएको हो । कृति व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । लेख स्वयम् पनि व्यास नगरपालिका–१, भादगाउँ निवासी लेखकको कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले - समाज परिवर्तन र व्यक्तिको प्रगतिका लागि सकारात्मक सोच अपरिहार्य रहेको बताउँदै निजामती तथा क्याम्पस प्राध्यापन सेवामा रहेर पनि साहित्य र चिन्तनको क्षेत्रमा समय निकाल्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नु भयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विकले सामाजिक रूपान्तरणका लागि यस्ता बौद्धिक खुराकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले पुस्तकले युवा पुस्तालाई प्रेरणा दिने बताउनु भयो भने पुस्तकको समीक्षा गर्दै आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले पुस्तकको विषयवस्तु र सन्देश उत्कृष्ट रहेको बताउनु भयो । उहाँले सोच बदलेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई पुस्तकले सरल ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्नु भयो । 

लेखकका मामा केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले, शिक्षक नन्दन श्रेष्ठ, पत्रकार पूर्ण विक लगायतले पुस्तकको महत्त्व र लेखकको व्यक्तित्वका बारेमा चर्चा गर्नु भएको थियो । लेखक सुनारले आफ्नो अनुभव र भोगाइलाई समेटेर पाठकमाझ सकारात्मक ऊर्जा भर्ने उद्देश्यले पुस्तक ल्याएको जानकारी दिनु भयो ।

ट्यागहरू:
सहित्य samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।