स्वीकारोक्ति

धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी · साउन २८, २०८१ ९:५० PM
Cover Image for News

स्वीकारोक्ति भयो विशेष हरियो जोगाउने हो धरा
साथी हो हरियो मिलेर वरियो धर्ती कुनाकन्दरा
भाषाको बलमा अनन्त हलमा आए भुटानीहरू
नेपाली सुकरात साथ उनको गीता र गोपी अरू

दानी कर्ण बने सखा गुरुङजी भूगोल पार्ने हरा
साथी धेर मिले उता सफरमा ज्ञानी असामी चरा
यात्रा जीवन हो कथा गजलको साहित्यको अन्तरे 
मिल्ने शीतल अन्तरे सहजता गोविन्दजी मन्तरे

देवीभक्त थिए कमाल हरियो खत्री विवेकी गुनी
जापानी छवि क्यानडा उपकथा सम्पूर्ण आफ्ना चुनी
पुस्ताको अवतार हुन्छ भवमा संस्कार सम्झाउने 
 कारोबार सिकाउने कलमको सङ्गीतमा गाउने !

खातीजी रसिला मिले पर बसे नानी खुसी सुन्दरी
आए सोह्र सखा पवित्र मनका लीला अनेकौं गरी
धर्तीमा हरियो बचाउन भनी साथी थिए कोटमा
साझा काम गरी वरेर हरियो स्वीकारको ओटमा

मौकामा सुनियो सुमार्ग चुनियो धानी उही रङ्गमा
 होला कर्म सही मिलेर हरियो हामी सबै जङ्गमा
पर्याको कविता रचेर सविता संजालमा गाउने
दाजी पण्डित साहिला कलमले सम्पूर्ण सम्झाउने!


नोट:

कविले यो कविता साउन २६ गते साँझ जुमबाट सम्पन्न भएको जिबिएलअोको आयोजना रहेको नेपाली साहित्य मोवाइल एप्सको संशोधित दोस्रो संस्करण सार्वजनिक कार्यक्रममा सहभागी भएपछि लेख्नुभएको समीक्षात्मक कविता हो 

ट्यागहरू:
कविता
टिप्पणीहरू
User
Karna Gurung
२ बर्ष अगाडि

Ati Sundar article

सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६