स्वीकारोक्ति

धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी · साउन २८, २०८१ ९:५० PM
Cover Image for News

स्वीकारोक्ति भयो विशेष हरियो जोगाउने हो धरा
साथी हो हरियो मिलेर वरियो धर्ती कुनाकन्दरा
भाषाको बलमा अनन्त हलमा आए भुटानीहरू
नेपाली सुकरात साथ उनको गीता र गोपी अरू

दानी कर्ण बने सखा गुरुङजी भूगोल पार्ने हरा
साथी धेर मिले उता सफरमा ज्ञानी असामी चरा
यात्रा जीवन हो कथा गजलको साहित्यको अन्तरे 
मिल्ने शीतल अन्तरे सहजता गोविन्दजी मन्तरे

देवीभक्त थिए कमाल हरियो खत्री विवेकी गुनी
जापानी छवि क्यानडा उपकथा सम्पूर्ण आफ्ना चुनी
पुस्ताको अवतार हुन्छ भवमा संस्कार सम्झाउने 
 कारोबार सिकाउने कलमको सङ्गीतमा गाउने !

खातीजी रसिला मिले पर बसे नानी खुसी सुन्दरी
आए सोह्र सखा पवित्र मनका लीला अनेकौं गरी
धर्तीमा हरियो बचाउन भनी साथी थिए कोटमा
साझा काम गरी वरेर हरियो स्वीकारको ओटमा

मौकामा सुनियो सुमार्ग चुनियो धानी उही रङ्गमा
 होला कर्म सही मिलेर हरियो हामी सबै जङ्गमा
पर्याको कविता रचेर सविता संजालमा गाउने
दाजी पण्डित साहिला कलमले सम्पूर्ण सम्झाउने!


नोट:

कविले यो कविता साउन २६ गते साँझ जुमबाट सम्पन्न भएको जिबिएलअोको आयोजना रहेको नेपाली साहित्य मोवाइल एप्सको संशोधित दोस्रो संस्करण सार्वजनिक कार्यक्रममा सहभागी भएपछि लेख्नुभएको समीक्षात्मक कविता हो 

ट्यागहरू:
कविता
टिप्पणीहरू
User
Karna Gurung
एक बर्ष अगाडि

Ati Sundar article

सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५