सताक्षीधाम साहित्य सङ्गम दुधेमा १६१ औँ मोती जयन्ती मनाइयो

दिलिप घिमिरे · भदौ २७, २०८३ ९:३२ PM
Cover Image for News

झापा २७भाद्र/१६१ औँ मोती जयन्तीको अवसरमा सताक्षीधाम साहित्य सङ्गम दुधेमा शनिबार गजल वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
संस्थाका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता एवम् वरिष्ठ गजलकार विवश बलिभद्र कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो भने वरिष्ठ छन्दवादी कवि विन्दु दाहाल मुकदर्शक र गजलकार अभागी थेगुवा विशिष्ट अतिथिको रुपमा पाल्नुभएको थियो।

संस्थाका कोषाध्यक्ष लोकमणि गौतमले स्वागत मन्तव्य र उपाध्यक्ष पदमप्रसाद दाहालले मोतीराम भट्टको संक्षिप्त परिचय गराएपछि कार्यक्रममा गजल वाचन सुरु भएको थियो । कार्यक्रममा गजलकार हरि पराजुली, सेलिङ केसी,अश्विन धिताल ,नारदमणि न्यौपाने, अनिल आचार्य ,सन्तोष लावती, शारदा बजगाई, लोकमणि गौतम, श्रीप्रसाद खरेल, यादव प्रसाद घिमिरे, नारायण भट्टराई, वीरेन्द्र बस्नेत ,क्षितिज मैनाली, तनुजा खतिवडा लगायतले आफ्ना गजल तथा कविता प्रस्तुत गर्नुभएको थियो। 

 प्रमुख अतिथि कोइरालाले गजलको वर्तमान अवस्था देशको राजनीतिक परिदृश्य र समाजमा देखापरेका चुनौतीहरुलाई आत्मसाथ गर्दै साहित्य सिर्जनामा निरन्तर लाग्न उपस्थित सबैलाई अनुरोध गर्नुका साथै सुन्दर गजल प्रस्तुत गर्नु भएको थियो।

समालोचक भीम दाहालले कार्यक्रमको संक्षिप्त टिप्पणी गर्दै सबैका रचनाका गुण दोष केलाउनुका साथै आफ्नो सुन्दर गजल प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष उमानाथ दाहालले उपस्थित सबैप्रति आभार तथा कृतज्ञता व्यक्त गर्दै आफ्नो सुन्दर गजल मार्फत कार्यक्रमको बिट मार्नुभएको थियो । 
कार्यक्रमको सञ्चालन संस्थाका सचिव यादवप्रसाद घिमिरेले गर्नुभएको भएको थियो।

ट्यागहरू:
साहित्य #गीत# गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।