`स्रष्टा:राज्यसत्ताको स्थायी प्रतिपक्ष´विषयक अन्तरक्रिया सम्पन्न

दिलिप घिमिरे · वैशाख १७, २०८३ ९:१८ AM
Cover Image for News

झापा १७ बैशाख/चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ(२००८),स्याङ्जाले´स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष`विषयक अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम-२०८३ वैशाख १६ गते बुधवारका दिन वालिङ नपा-६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरेको छ । 

युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वक्ताद्वय अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी र अनन्त अर्यालले ´स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष´को विषयमा सारगर्वित विचार प्रस्तुत गरेका थिए भने शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
 कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु शोभाकान्त रेग्मी,वसन्त खनाल,शम्भु अर्याल,सुलव खनाल, नारायणप्रसाद रेग्मी र ढालबहादुर के.सी. लगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए।
कार्यक्रमको सहजीकरण युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।

ट्यागहरू:
साहित्य #मन्थन
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।