स्रष्टा नरेन्द्रप्रकाश सिटौलाको तेस्रो कृति`सन्देश´ लोकार्पण

दिलिप घिमिरे · वैशाख १३, २०८३ १:२१ PM
Cover Image for News

झापा १३ बैशाख/साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति सन्देश शनिबार धुलाबारीमा लोकार्पण गरिएको छ ।

त्रिफला राष्ट्रिय पुस्तकालयको ३१औं स्थापना दिवसको सन्दर्भ पारेर यहाँ आयोजित विशेष कार्यक्रमका बीचमा उक्त निवन्ध संग्रहको लोकार्पण गरिएको हो ।
त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष एवम् स्थापना दिवस कार्यक्रमका अध्यक्ष प्रेमप्रकाश फलाहारी,प्रमुख अतिथि शिक्षासेवी जयनारायण ढुंगाना, शिक्षासेवी हरिचरण बानियाँ,अञ्जना ढुंगाना तथा पुस्तकका लेखक नरेन्द्रप्रकाश सिटौलाले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । 

लोकार्पित पुस्तकमाथि साहित्यकार गोसा झापालीले संक्षिप्तमा टिप्पणी गर्नुभएको थियो।पुस्तकमाथि चर्चा गर्दै झापालीले एउटा शीर्षक र अर्को शीर्षकमा कुनै कुरा नदोहोरिने गरी लेखकले फरक फरक ४२ वटा सन्देश दिनुभएको आफूले पाएको जनाउनु भयो ।
हरेक उमेर समूहका लागि मात्र होइन,प्रशासक, शिक्षक,पत्रकार,राजनीतिक व्यक्तिहरुलाई जिम्मेवारी नभुल्न सुझावसहित सन्देश प्रदान गर्नुभएको समीक्षक झापालीको भनाई थियो । 

आफ्नो ७९ वर्षे उमेरसम्ममा देखे भोगेका र अनुभव गरेका तीतामीठा पलहरुबाट प्राप्त शिक्षालाई अरुसमक्ष सन्देशका रुपमा बाँड्नका निम्ति उक्त कृति तयार भएको लेखक सिटौला बताउनु हुन्छ।स्रष्टा सिटौलाको पहिलो कृति मेरो कथाका पानाहरु वि.सं. २०७० सालमा र दोस्रो कति अनुभव र अनुभूति वि.सं.२०८१ सालमा प्रकाशन भइसकेका छन् ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।