सरकार

खगिन्द्रा खुसी · असार १९, २०८१ ११:३९ PM
Cover Image for News

गजल
जस्केलोमा आग्लो हालेर केही हुन्न सरकार
झ्यालबाट फोहर फालेर केही हुन्न सरकार

लाज देखिने त खास जाङबाट हो नि होइन र?
ब्यर्थै घुँडामा टालो टालेर केही हुन्न सरकार

उता अन्न उब्जाउने खेतबारी सबै बाँजिएको छ
यता गमलामा बिउ सारेर केही हुन्न सरकार

कृषि क्रान्तिका लागि नयाँ योजना र बजेट आएन
 गलामा धानबिउको माला लतारेर केही हुन्न सरकार

बखतमा गर्ने कामको हेक्का नराखेरै बिग्रियो चाला
चोरसाँढे घुरेनमै पुग्यो साँध बारेर केही हुन्न सरकार

बनाउनुथ्यो देशको सुन्दर मुहार सीप र श्रम गालेर 
तर ब्यर्थैमा बालुवा पगालेर केही हुन्न सरकार

ट्यागहरू:
गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
बहर
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
मधु पोख्रेलको गजल
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४
दिलिप घिमिरेको गजल
दिलिप घिमिरेको गजल
दिलिप घिमिरे - मङ्गलबार ११ जुन २०२४