सुरज सुवेदीलाई ‘गामवेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८२’ प्रदान

दिलिप घिमिरे · वैशाख ५, २०८३ १०:५८ AM
Cover Image for News

झापा ५ बैशाख /युवा सर्जक सुरज सुवेदीलाई ‘गामवेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८२’ प्रदान गरिएको छ । 

ललितपुरको धोबीघाटमा शुक्रबार आयोजित एक समारोहमा सुवेदीलाई ‘गामवेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार–२०८२’ प्रदान गरिएको हो।
 गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सम्पन्न ‘एनसिएम डे–२०८२’ का अवसरमा सुवेदीलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडलसहित सम्मान गरिएको हो ।
 नेपाली गीत–संगीतको साहित्यिक विश्लेषण र सिर्जनात्मक लेखनमा सक्रिय सुवेदी ‘सबटेक्स्ट विथ सुरज’ जस्ता भिडियो शृङ्खलामार्फत गीतका शब्द, अर्थ, पृष्ठभूमि र भावगहिराइको विश्लेषण गर्दै आउनुभएकाे छ । साथै, ‘एसियन राइट्स’ प्लेटफर्ममार्फत नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ अभिप्रेरित गर्दै आउनुभएकाे छ ।

पुरस्कार ग्रहणपछि सुवेदीले आफ्नो रुचिको क्षेत्रमा गरिएको कामलाई यसरी सम्मान प्राप्त हुनु जिम्मेवारी र हौसलाको स्रोत बनेको बताउनुभयाे ।
 कार्यक्रमका संयोजक अमनप्रताप अधिकारीले युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि ‘प्रोत्साहन पुरस्कार’ सुरु गरिएको जानकारी दिनुभयाे । उहाँका अनुसार स्वर्गीय कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिलाई सजीव राख्दै नयाँ पुस्तालाई सिर्जनात्मक यात्रामा प्रेरित गर्ने लक्ष्यसहित पुरस्कार स्थापना गरिएको हो ।

गत वर्ष यही पुरस्कार नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेणुका नगरकोटीलाई प्रदान गरिएको थियो । आयोजकका अनुसार हरेक वर्ष फरक–फरक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने युवा प्रतिभालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।