सन्थाल भाषाकाे प्रवर्द्धनमा `सिर्जन मिडिया´
झापा २० असोज / सन्थाल भाषाकाे प्रवर्द्धन गर्ने उद्देश्यले `सिर्जन मिडिया´सञ्चालनमा ल्याइएको छ।
सिर्जन मिडियाको मुख्य कार्यालय बिर्तामोड-२, चारपाने, झापा रहेको छ।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने, शैक्षिक तथा आर्थिक हिसाबले पछाडि पारिएका सन्थाल समुदायका युवाहरूको अग्रसरतामा सञ्चालित सिर्जन मिडिया प्रा.लि. को आइतबार नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिले नवनिर्मित स्टुडियो उद्घाटन गरिएका हुन् ।
स्रोत-साधनको सीमितताका बीच पनि सन्थाल युवाहरूले आफ्नो भाषा, साहित्य ,कला, संस्कृति र समुदायका आवाजलाई मूलधारमा ल्याउन देखाएको यो हिम्मत र अग्रसरता साँच्चै अनुकरणीय छ। सन्थाली भाषा र स्थानीय जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने यो प्रयासले सिङ्गो समुदायलाई नै सशक्त बनाउन ठूलो योगदान पुर्याउने प्रमुख अतिथि गिरिले बताए ।
कार्यक्रममा अध्यक्ष शिबु मुर्मुको अध्यक्षता र सञ्चालक तलु बास्केले गरेकी थिइन् ।
पत्रकार विनोद पाण्डेले झापा, मोरङ र सुनसरीका सम्पूर्ण सन्थाल समुदायको पहिचान, अधिकार र समृद्धिका लागि यो स्टुडियो एउटा सशक्त माध्यम बनोस्। सिर्जन मिडियाको निष्पक्ष, उत्तरदायी र व्यावसायिक बन्न सुझाव दिए।
मिडियाको सम्पादकमा शिवलाल हास्दा प्रबन्धक बुधलाल किस्कु र प्रमुख सल्लाहकार किशन मुर्मु रहेका छन्।