सम्झना भित्र "हुर्किएको घर"

रचना दाहाल पोष्ट-दिलिप घिमिरे · असोज ४, २०८१ ७:१० PM
Cover Image for News

           
 सम्झना भित्र "हुर्किएको घर"

                         ✍️ रचना दाहाल 


 तिमी हुन्थ्यौ भने
 मलाई पनि"सानी"सम्झने
 केही त हुन्थ्यो होला 
 "रानी" सम्झने कोही त हुन्थ्यो होला। 
          प्रत्येक कुना र भित्ताहरू 
          अनि,त्यहिं उम्रिएर बढेको हाम्रो पिरती 
           आज मसँगै ढल्कंदै हुन्थ्यो होला।
            मैले खेलेका पलहरू
           अनि देखेका सपनाका साक्षी 
             केही त हुन्थ्यो होला।
 तिमी मेरो सपनीमा आईरहे जस्तै
 यादका गोरेटाहरू 
 तिमी सम्मै पुगेर ठोक्किरहे जस्तै
 मलाई पनि सम्झिएर बसेको 
 कोही त हुन्थ्यो होला।
 पर्खिएर बसेको केही त हुन्थ्यो होला।
            चञ्चल ‌म अनि अडिग तिमी
             रुञ्चे म अनि शान्त तिमी
             परिवर्तनशील म अनि तटस्थ तिमी।
             यादै यादका पहाडलाई खर्लप्पै बोकेको 
            ह्र्दय भरिको प्रिय तिमी।
 तिमी भित्रको मेरो साम्राज्य
 ति निसंकोच  हर्कतहरू
 अनि ती निडर बर्गतहरू 
 सम्झनाको बर्को ओडाएर
 सुरक्षित संगालेको हुन्थ्यौ होला।
          आज तिमी हुन्थ्यौ भने, मलाई पनि
          धर्ती मै स्वर्ग भए जस्तै केही त हुन्थ्यो होला
          स्वर्ग नै धर्ती मै रहे जस्तै केही त हुन्थ्यो होला ।
 साच्चै !! कस्तो हुन्थ्यो होला ??
 आज तिमी  हुन्थ्यौ भने..........।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५