सिलगढ़ीमा मुक्तिप्रसाद उपाध्यायको ´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको विमोचन
झापा २४ चैत्र /भारतको सिलगढ़ीमा मुक्तिप्रसाद बराल उपाध्यायका´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको आइतबार विमोचन गरिएको छ।
कार्यक्रममा उपाध्यायका दुबै कृतिको विधिवत विमोचन नेपाली भाषा,साहित्यका विद्वान व्यक्तित्व कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराई लगायत मञ्चासिन व्यक्तित्वहरुले संयुक्तरूपमा गर्नुभएको हो।
शास्त्रीनगर समाजसेवा समितिको सभाहलमा साउती परिवार,सिलगढ़ीको आयोजनामा परिवारकी वर्तमान अध्यक्ष लतिका जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।
उपाध्यायद्वारा लिखित कृति`लौ त बरु´ कथा संग्रहमाथि समीक्षात्मक विश्लेषण प्रसिद्ध समीक्षक प्राध्यापक नवीन पौडेल र`देवभुमि हुँदै प्रशान्तिनिलयम´नियात्रा कृतिमाथि वरिष्ठ समालोचक लक्ष्मण शर्मा नेपालले समीक्षा गर्नुभएको थियो।

सिलगढी निवासी बहुप्रतिभाशाली उपाध्यायका यस अघि ‘अनन्त यात्रा’ नाटक ,‘हिमाली’ बाल उपन्यास, ‘अन्तर्प्रेरणा’ नाटक, ‘मालती’ बाल उपन्यास,यसकै ‘घर’ नाटक,‘झ्याउरे पार्टीले गर्नु गर्यो’ समीक्षा ‘भारतेली नेपाली बालसाहित्य’समीक्षा, ‘रहर’ बालएकाङ्की ‘यस्तै उस्तै मनका विचारहरू’ निबन्धसङ्ग्रह,‘गोर्खाको मोडेल’ एकाङ्की सङ्ग्रह,‘महिमा’ नाटक,‘कान्छी’ उपन्यास, ‘स्वच्छ डोनाउको किनारतिर’ यात्रा संस्मरण,‘पर्थ हुँदै सिडनी’ यात्रा संस्मरण आदि थुप्रै कृति प्रकाशित छन् ।
कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरु फिल्म निर्देशक, कविहरु,गायकहरु,शुभचिन्तक समेतको बाक्लो उपस्थिति रहेको थियो ।
भारतका विभिन्न स्थानबाट राजेन सिवाकोटी,राजा पुनियानी,देविका मंङ्ग्राती राई,अशोक रोका,एन पि एस निरौला ,ग्याल्पो लामा,गणेश शर्मा भट्टराई, निर्मला पौडेल,निर्मल रुचाल ,सिप्रा पौल,जुनु गौतम,महेश्वर लामा,बिनोद बिष्ट,आशा मुखिया लामा,पारस लामा, अरुण बराल ,सरस्वती शर्मा ,रविकुमार शर्मा,तारा शर्मा,कृष्ण प्रधान,चेतन खड्का,ऋषि राई,दिपक ठटाल,जैदिप गजमेर,भीमलाल सापकोटा,मायादेवी सापकोटा लगायतको उपस्थिति रहेको थियोे।

कार्यक्रमको उद्घोषण पार्वती देवानले गर्नुभयो भने साहित्यकार युवराज काफ्लेले स्वागत मन्तव्य गर्नु भएको थियो।