साहित्यकार खिम केसीको पहिलो गजल संग्रह “लोरी” प्रकाशनमा आउने
साहित्यकार खिम केसीको पहिलो गजल संग्रह “लोरी” प्रकाशनमा आउने भएको छ ।
आउदो जुनमा गजल संग्रह प्रकाशन गर्न लागीएको केसीले रिपोर्टस क्लब अमेरिकालाई जानकारी दिनुभयो । संग्रहमा १०० वटा फरक शिर्षकका गजल रहने छ। बिएन प्रकासनले बजारमा ल्याउन लागेको संग्रहको मुद्रण भने फिनिक्स प्रकासन रहेको छ ।
केसिका अनुसार संग्रहमा देश प्रेम, परिवारप्रतीको लगाब, कला, संस्कृती, भेष भुसा, राजनीतिक अवस्था, आफुले कर्णाली र सुदूरपश्चिममा बिताएका तिता मिठा अनुभव, परदेशको तितो यथार्थलाई प्रतिनिधित्व गर्ने खालको विषय समेटिएको छ ।
उक्त संग्रहको विमोचन दाङको घोराहिमा एक कार्यमका वीच गरिन लागीएको जानकारी केसीले दिनुभयो । साहित्यकार केसी विगत ६ वर्षदेखि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आउनुभएको छ र आफ्नो साहित्यीक यात्रालाई पनि निरन्तरता दिईरहनुभएको छ ।
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अमेरिकामा भूटान दिवस विशेष साहित्यिक कार्यक्रम सम्पन्न हुने
खगिन्द्रा खुसी - सोमबार १५ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५
दोमुखामा सताक्षीधाम साहित्य सङ्गमको रचना वाचन तथा साङ्गीतिक कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शनिबार १३ डिसेम्बर २०२५
चन्द्रगढीमा 'विद्यार्थीसँग लेखनाथ पुस्तकालय' कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १२ डिसेम्बर २०२५