साहित्यकार खिम केसीको पहिलो गजल संग्रह “लोरी” प्रकाशनमा आउने
साहित्यकार खिम केसीको पहिलो गजल संग्रह “लोरी” प्रकाशनमा आउने भएको छ ।
आउदो जुनमा गजल संग्रह प्रकाशन गर्न लागीएको केसीले रिपोर्टस क्लब अमेरिकालाई जानकारी दिनुभयो । संग्रहमा १०० वटा फरक शिर्षकका गजल रहने छ। बिएन प्रकासनले बजारमा ल्याउन लागेको संग्रहको मुद्रण भने फिनिक्स प्रकासन रहेको छ ।
केसिका अनुसार संग्रहमा देश प्रेम, परिवारप्रतीको लगाब, कला, संस्कृती, भेष भुसा, राजनीतिक अवस्था, आफुले कर्णाली र सुदूरपश्चिममा बिताएका तिता मिठा अनुभव, परदेशको तितो यथार्थलाई प्रतिनिधित्व गर्ने खालको विषय समेटिएको छ ।
उक्त संग्रहको विमोचन दाङको घोराहिमा एक कार्यमका वीच गरिन लागीएको जानकारी केसीले दिनुभयो । साहित्यकार केसी विगत ६ वर्षदेखि अमेरिकाको क्यालीफोर्नियामा बस्दै आउनुभएको छ र आफ्नो साहित्यीक यात्रालाई पनि निरन्तरता दिईरहनुभएको छ ।
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
‘लाइफटाइम लेगसी एन्ड लिडरसिप अवार्ड २०२६’ बाट भुटानी समुदायका गुरुङ र पोख्रेल सम्मानित
दिलिप घिमिरे - मङ्गलबार १५ सेप्टेम्बर २०२६
स्रष्टा देवीभक्त श्रेष्ठको कविता सङ्ग्रह ´देवीभक्तका सिर्जनाहरू` को विमोचन
दिलिप घिमिरे - मङ्गलबार १५ सेप्टेम्बर २०२६
मोतीरामलाई सम्झिइयो
खगिन्द्रा खुसी - शनिबार १२ सेप्टेम्बर २०२६
अन्तर्राष्ट्रिय साउती हास्य व्यङ्ग्य कवि गोष्ठी सम्पन्न
खगिन्द्रा खुसी - शनिबार १२ सेप्टेम्बर २०२६