आख्यानकार खगिन्द्रा खुशीलाई ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’

दिलिप घिमिरे · वैशाख १५, २०८३ ९:१३ AM
Cover Image for News

झापा १५ बैशाख/‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ साहित्यकार खगिन्द्रा खुशीलाई आइतबार प्रदान गरिएको छ।

काठमाडौँको मध्य बानेश्वरमा एक समारोहका बीच पुरस्कार अर्पण तथा नेपाली साहित्यका विभिन्न आयामबारे विमर्श कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार राशि २० हजार नगदसहित सम्मानपत्रबाट सम्मानित तथा पुरस्कृत गरिएको हो।
वरिष्ठ साहित्यकार एवम् कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले खुसीलाई पुरस्कार हस्तान्तरण गर्दै उनको लेखनले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताए ।

कार्यक्रममा ‘खुसीको गाउँ’ उपन्यासमाथिको समीक्षात्मक टिप्पणी गरिएको थियो।उक्त कृतिमाथि समीक्षा गर्दै डा. कमल राज शर्माले उपन्यासको शिल्प र सामाजिक चेतनामाथि प्रकाश पारे भने लेखक राजेश विद्रोहीले उपन्यासले बोकेको दार्शनिक र वर्गीय मुद्दाहरूको चर्चा गरेका थिए ।
साहित्यिक विमर्शका अर्का वक्ता पूर्व राजदूत डा. निर्मल विश्वकर्माले ‘गैरआवासीय नेपाली संघ र नेपाली साहित्य’ विषयमा आफ्नो गहन धारणा राख्दै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षणमा भइरहेका प्रयासबारे चर्चा गरेका थिए ।
प्रसिद्ध लेखक तथा अनुवादक युयूत्सु आरडी शर्माले ‘विश्वमा नेपाली साहित्यको वर्तमान स्थिति’ विषयमा विमर्श प्रस्तुत गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा लैजान अनुवादको भूमिका अपरिहार्य रहेको औँल्याए ।
 कार्यक्रममा साहित्यकार अन्चु सुवेदी,कवि विष्णु भट्टराई,कवि रामेश्वर राउत ‘मातृ दास’,कवि दिन दया रिजाल लगायतका स्रष्टाहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए।सो अवसरमा विभिन्न साहित्यकारहरू र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सामूहिक फोटो

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।