साहित्यकार जीवनाथ सुवेदीलाई ‘चूडामणि रेग्मी झर्रो नेपाली शैली सम्मान’ प्रदान
झापा २५बैशाख /साहित्यकार जीवनाथ सुवेदीलाई ‘चूडामणि रेग्मी झर्रो नेपाली शैली सम्मान’ प्रदान गरिएको छ।
लेखनाथ पुस्तकाल,चन्द्रगढीको आयोजनामा पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता,आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुखआतिथ्यमा शुक्रबार सम्पन्न गरिएको हो।
प्रदीपमणि रेग्मी,क्षितिज साहित्य प्रतिष्ठान, बिर्तामोडका अध्यक्ष तुलसीप्रसाद भट्टराई लगायतको विशेष उपस्थिति रहेको थियो । 
कार्यक्रम पुस्तकालयका सचिव हरिकिशोर आचार्यको सञ्चालन तथा सदस्य निर्मला बाँस्तोलाको स्वागतपछि अगाडि बढेको कार्यक्रममा कविहरु हरिप्रसाद नेउपाने,राजेन्द्रकश्यप अधिकारी,निर्मला बाँस्तोला,आरती पोखरेल, कोशराज पोखरेल,विरही अधिकारी,शारदा कोइराला,जयन्ती मानी,जीवनाथ सुवेदी, तुलसीप्रसाद भट्टराई तथा पुण्यप्रसाद खरेलले कविता सुनाएका थिए।