साहित्यकार जुनू रानाको‘लाहुरेनी सौन्दर्य’ लोकार्पण तथा परिचर्चा सम्पन्न

दिलिप घिमिरे · चैत २४, २०८२ ७:५६ PM
Cover Image for News

झापा २४ चैत्र/साहित्यकार जुनू रानाको दोस्रो कृति ‘लाहुरेनी सौन्दर्य’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम हङकङमा सम्पन्न भएको छ ।

हङकङको एभरेष्ट होटलमा आयोजित एक विशेष समारोहका बीच उक्त कृतिको सोमबार विमोचन गरिएको हो।
हङकङ साहित्यिक साझा श्रृङ्खलाको आयोजनामा भएको कार्यक्रममा जिल्ला काउन्सिलर अरुणा गुरुङको प्रमुख आतिथ्यतामा भएको थियाे ।

कार्यक्रममा कृतिमाथि श्रृङ्खलाका संरक्षक राजकुमार राई,समीक्षक डा.चुना थापा,साहित्यकार जानु काङमाङ लिम्बु र डा.टीका रानाले समीक्षात्मक धारणा राख्नुभएकाे थियाे ।
समीक्षकहरूले ‘लाहुरेनी सौन्दर्य’लाई बहुआयामिक कृतिका रूपमा चित्रण गर्दै एउटै पुस्तकमा साहित्यिक र गैरसाहित्यिक दुवै स्वरूप समेटिएको उल्लेख गर्नुभयाे।

फोटो
कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष अनु राई, नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङ,हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ,किरात राई प्रज्ञा प्रतिष्ठानका उपकुलपति किन्दर राईले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । 

जुनू रानाको पहिलो कृति ‘रातो नदी’ यसअघि प्रकाशित भइसकेको छ । उहाँ हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजकसमेत हुनुहुन्छ ।
उहाँकै सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सह–संयोजक रोशन यक्सोले गर्नुभएकाे थियाे ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।