साहित्य कला सङ्गमद्वारा ९ जना स्रष्टा पुरस्कृत

दिलिप घिमिरे · वैशाख १३, २०८३ १२:२६ PM
Cover Image for News

झापा १३ बैशाख /साहित्य कला सङ्गम,दमकले शनिबार ९ जना स्रष्टालाई पुरस्कृत गरेको छ। 

दमकको होटल केबिआरमा आयोजित  कार्यक्रम प्राडा गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य र सङ्गमका अध्यक्ष विन्दु दहाल 'मूकदर्शक'को सभापतित्वमा सम्पन्न गरिएको थियोे । 

साहित्य कला सङ्गम दमकले भाषा, साहित्य, कला,संस्कृति,गीतसङ्गीत, खेलकुद आदि क्षेत्रमा महत्त्वपूर्ण,योगदान पुर्‍याउनुहुने विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने क्रममा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट सुनसरी,धरानका साहित्यकार प्राडा.भीम खतिवडालाई र साहित्य कलाश्री पुरस्कारबाट दमक,झापाका साहित्यकार डा.गोपालप्रसाद भण्डारीलाई प्रदान गरिएको हो।

फोटो
भवानी मिश्र अन्तर्राष्ट्रिय पुरस्कारबाट लङ्का, असमका साहित्यकार मोहन सुवेदीलाई, बिराटनगर,मोरङका स्रष्टा खेम नेपाली,बैतडीका स्रष्टा वासुदेव पाण्डेय 'प्रभाकर', शिवसताक्षी, झापाका उपन्यासकार वीरेन्द्र थोक्लिहाङ र बिर्तामोड,झापाका आख्यानकार राजेन्द्र सङ्ग्रौलालाई जनही ३५ हजार नगद, सम्मान पत्र,स्मृति चिन्ह सहित पुरस्कृत गरिएको हो।

त्यस्तै,रुद्र निरौला स्मृति पुरस्कारबाट दमक, झापाका साहित्यकार मेघराज तिम्सिनालाई पन्ह्र हजार नगद,सम्मान पत्र,स्मृति चिन्ह रहेको छ भने `चन्द्रवीर खड्का स्मृति पुरस्कारबाट बिर्तामोड, झापाकी नारी स्रष्टा मिना अधिकारीलाई प्रदान गरियो।उहाँलाई एघार हजार नगद,सम्मान पत्र,स्मृति चिन्हसहित सम्मान गरिएको सङ्गमका अध्यक्ष विन्दु दहाल'मूकदर्शक'ले बताए ।

कार्यक्रममा प्रमुख अतिथि,कार्यक्रमका सभापति, प्राज्ञ सुमित्रा वाङ्देल चेली, दमक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिपेश दाहाल, साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष देवीभक्त श्रेष्ठलगायतले पुरस्कृत प्रतिभाहरुलाई नगद,सम्मान पत्र,दोसल्ला,अबिर टीका र स्मृति चिन्ह प्रदान गरेका थिए ।
फोटो
कार्यक्रममा संगमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।चन्द्रा गड्तौला र साथीहरूले सामूहिक स्वागत गीत तथा  राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।कार्यक्रम सञ्चालन भने संगमका महासचिव ओमप्रसाद खनालले गरेका थिए।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
Bhim Khatiwada
एक महिना अगाडि

प्रेरक कर्मका स्राेत पुरस्कार संस्थापक महानुभावहरू तथा उत्प्रेरणाका सारथि साहित्य कला सङ्गम, दमक-परिवारप्रति हार्दिक आभारसहित शुभखबरका लागि मित्र दिलिपजी र नेपाली साहित्य डट कमलाई धन्यवाद!!