´रश्मि गजल गुञ्जन`गुञ्जियो बिर्तामोडमा
´रश्मि गजल गुञ्जन`गुञ्जियो बिर्तामोडमा
झापा २७ पुस/सप्तक संगीत विद्यालय बिर्तामोडमा ´रश्मि गजल गुञ्जन`कार्यक्रम सम्पन्न गरिएको छ।
अन्तर्राष्ट्रिय गजल मन्च र गोल्डेन क्रिएसनको आयोजना एवम् सप्तक संगीत विद्यालयको सह-आयोजनामा आईतबार सप्तक संगीत विद्यालय बिर्तामोडमा एकल गजल कार्यक्रम आयोजना गरि भव्य रुपमा सम्पन्न गरिएको छ।
कार्यक्रममा मुख्य अभिभावकको रुपमा नेपाल सरकारका पूर्व मुख्य सचिव,क्यानाडाका लागि पूर्व नेपाली ,गजलकार भोजराज घिमिरे रहनुभएको थियो। गजलकार घनेन्द्र ओझाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
सप्तक संगीत विद्यालयका साना विद्यार्थी नानीबाबुहरुले संस्कृत भाषाको स्वागत गीतद्वारा अतिथिहरुलाई स्वागत गरेका थिए।
कार्यक्रममा गजलकार विवश बलीभद्र कोइराला र दार्जिलिङका संगीतकार जीवन प्रकाश प्रधानले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा गायक सन्तोष श्रेष्ठले गजल स्रष्टा रश्मि असफलका गजलहरुलाई लाईभ प्रस्तुत गरि दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउनु भएको थियो।गिटारमा वरिष्ठ गिटार वादक तारा कार्की ,तबलामा युवा तबला वादक प्रमोद धितालको सुन्दर साथ रहेको थियो। 
सप्तक संगीत विद्यालयका संस्थापक गुरु सरोज वत्सको सभापतित्वमा सम्पन्न कार्यक्रम स्रष्टा खगिन्द्रा खुसीले सहजीकरण गरेकी थिइन् ।