रञ्जना निरौला´कलिंग साहित्य युवा पुरस्कार´बाट पुरस्कृत

दिलिप घिमिरे · माघ ५, २०८२ ७:३४ PM
Cover Image for News

झापा ४माघ/साहित्यकार रञ्जना निरौला कलिंग साहित्य युवा पुरस्कार भारतबाट पुरस्कृत भएकी  छिन् । 

भारतको ओडिशास्थित भुवनेश्वरमा सम्पन्न १२औँ कलिंग साहित्य महोत्सव–२०२६ को अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
 कलिंग साहित्य महोत्सवको भव्य उद्घाटन समारोहमा रञ्जना निरौलाले पुरस्कार ग्रहण गरेकी थिईन्।

पुरस्कार तथा उद्घाटन समारोहमा प्रमुख अतिथि तथा ओडिशाका उपमुख्यमन्त्री के वी सिंह देव,श्रीलंकाका ग्रामीण विकास,सामाजिक सुरक्षा र सामुदायिक सशक्तिकरण मन्त्री उपाली पन्निलागे,ओडिशाका ओडिया भाषा, साहित्य र संस्कृति मन्त्री सूर्यवंशी सुरज, राज्यसभाका उपसभापति हरिवंश नारायण सिंह,ज्ञानपीठ पुरस्कार विजेता डा. प्रतिभा रे लगायतको उपस्थिति रहेको थियो।

 साहित्यकार रञ्जना निरौलासँगै,प्रख्यात लेखक डेजी रकवेल र अच्युतानन्द पाटीलाई कलिंग साहित्यिक पुरस्कार प्रदान गरिएको थियो।१२औँ कलिंग साहित्य महोत्सवमा,प्रसिद्ध उद्योगपति डा. विनोद चौधरीलाई कलिंग अन्तर्राष्ट्रिय लिभिङ लेजेन्ड पुरस्कार प्रदान गरियो।

भारत र विदेशका प्रख्यात लेखकहरू, विचारकहरू,नीति निर्माताहरू र सांस्कृतिक नेताहरूको उपस्थितिमा भुवनेश्वरमा कलिंग साहित्यिक महोत्सव २०२६ को समयमा औपचारिक रूपमा प्रदान गरिएका यी पुरस्कारहरूको राशी पचास हजार नगदसँगै सम्मानपत्र  र ट्रफी  रहेको थियोे ।

 समकालीन पुस्ताकी प्रभावोत्पन्न सर्जक हुन्, रञ्जना निरौला।कवि,लेखक,समीक्षक,सम्पादक तथा निबन्धकारका रूपमा यशस्वी छवि निर्माण भएकी साहित्य साधक हुन्,उनी।केही समयअघि मात्र उनको‘अनुभूतिको अवतरण’नामक सघन भावायुक्त निबन्धसंग्रह प्रकाशित भएको छ । निरौलाको अर्को चर्चित कवितासंग्रह ‘द रिदम अफ पेन’ हो,जुन अंग्रेजी भाषामा रहेको छ। 

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।