रमेश सिलवालको ‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक
झापा १३फागुन /रमेश सिलवालद्वारा लिखित नेपालमा जेनजी आन्दोलन पुस्तक सार्वजनिक गरिएको छ।
काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा जेनजीको सहभागितमा बिहीबार पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकका लेखक सिलवाल चिल्ड्रेन भिजन नेपालका अध्यक्षसमेत हुन्।समकालीन नेपाली समाज,डिजिटल पुस्ताको राजनीतिक चेतना तथा राज्य संरचनाप्रतिको बदलिँदो दृष्टिकोणलाई समेटेर तयार गरिएको उक्त पुस्तक लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, अध्येता,जेन–जी आन्दोलनका अगुवाहरू,युवा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
पुस्तकले नेपालमा विकसित जेन–जी आन्दोलनलाई ऐतिहासिक,सामाजिक,आर्थिक तथा राजनीतिक सन्दर्भमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका विषय पुस्तकमा समावेश गरिएको छ ।