लघुकथा - पीडित को ?
"हामी बाल अधिकारको पक्षमा गम्भीर छौँ ।" बालबालिका सम्बन्धि हेर्ने मानव अधिकार वादी बोले ।
" राज्यबाट जन अधिकार खोसिएको छ । स्वतन्त्रता दिनु पर्छ ।" अर्का मानवअधिकार हेर्ने मानव अधिकार वादी बोले ।
ती दुवै एनजिअो प्रमुख थिए । दुवैले अधिकारका चर्चा गरे । अरबौँ असुले । करोडौँका कारमा हिँडे । जान्ने पल्टेर राजनीति सल्लाह दिए । देशमा जनता झनै संकटमा पुगे । महंगीले अाकाश छोयो । ती बोलेनन् । खरबौँ कर हिनामिना भयो ती बोलेनन् । दशैँ र तीहार हेरर खाद्य सामाग्रीमा महंगी गरियो ती बोलेनन् । भूकम्पमा कठाङ्ग्रिएर सयौँ मरे । ती बोलेनन् ।
अति भएपछि गाउँमा प्रश्न उठ्यो । केही मन्त्रीसँगै ती अराजक गाउँ पुगे । उही बिषय दोहोर्याए । गाउँका बृध्दलाई रिस उठ्यो । उनले भने, " पीडितलाई अधिकार दिन्छु भन्दै दलाउँदै केही माथि पुगे । जनता जाँ को त्यहीँ । अाखिर ! पीडित को ? लुट्ने कि लुटाउने ? "