साहित्यकार कुभिन्डेली र खरेल देवकोटा स्मारक संरक्षण समितिद्वारा पुरस्कृत

खगिन्द्रा खुसी · कार्तिक २४, २०८३ १०:४८ PM
Cover Image for News

२३ कार्तिक, झापा । साहित्यकार भानुभक्त कुभिन्डेली स्व.मनोरथ दाहाल स्मृति काब्य पुरस्कारबाट पुरस्कृत भएका छन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औ जन्म जयन्तीका अवसरमा झापाको भद्रपुर ९ ( चन्दगढी )स्थित देवकोटा स्मारक संरक्षण समितिले आयोजना गरेको एक कार्यक्रममा वीस हजार राशिको सो पुरस्कार कुभिन्डेलीलाई प्रदान गरिएको हो । 

सोही अवसरमा साहित्यकार लता खरेललाई स्रस्टा सम्मान २०८३ द्वारा सम्मान गरिएको छ । साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा वीरेन्द्र मा. बि. चन्द्रगढीबाट शैक्षिक सत्र २०८२को कक्षा १२मा उत्कृष्ट स्थान ल्याउने जिनिस राया र पुष्पा राजवंशीलाई जनही नगद पाच हजार राशीको शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो भने बाल कविता प्रतियोगितामा सुमन रेग्मी प्रथम र श्रद्धा रेग्मी दोस्रो भएका थिए । देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष राजु बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा साहित्यकार तारा विविधले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

सम्मानित स्रस्टाको बारेमा साहित्यकार बिरही अधिकारीले परिचय गराएका थिए । कार्यक्रममा साहित्यकार केशव आचार्य, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उप प्रमुख राधा कार्की र भद्रपुर नगर कला, साहित्य, सङ्गीत प्रतिस्ठान अध्यक्ष चिन्तामणि दाहालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा लक्ष्मी चुडाल, सोम राज पोखरेल, सफलता फुयल र अभिशेक उप्रेतीले अप्रतियोगी कविता वाचन गरेका थिए । देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बरालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल र सन्चालन सचिव युवराज ढकालले गरेका थिए ।

ट्यागहरू:
literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।