कवि थेगुवाको `सपनाहरूको बही ´कृतिमाथि अन्तरसंवाद सम्पन्न

दिलिप घिमिरे · कार्तिक २४, २०८३ ६:१० PM
Cover Image for News

झापा २३ कार्तिक /कवि अभागी थेगुवाको कविता कृति `सपनाहरूको बही ´ कृतिमाथि अन्तरसंवाद कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।

११८ लक्ष्मी जन्मजयन्तीको अवसरमा रचनावाचन तथा अन्तरसंवाद कार्यक्रम बराहक्षेत्र नगरपालिकामा काला बञ्जर चोकमा रहेको देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण पश्चात् औपचारिक कार्यक्रम सुचारु गरिएको थियोे ।
स्वर्णिम साहित्य समाजका अध्यक्ष- सरणकुमार लिम्बू अध्यक्षता एवम् प्राज्ञ विवश पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियोे ।

फोटो
झापामा रहेर कवि थेगुवा साहित्य सृजनामा सक्रिय उपस्थिति जनाइरहेका कवि हुन्।उनको पछिल्लो कृति सपनाहरूको बहीको  झापाको विभिन्न ठाउँहरुमा,इलाम , मोरङ,सुनसरी,चितवन लगायतका ठाउँहरुमा चर्चा ,कृति समीक्षा ,विमर्श र एकल वाचनहरु भइरहेका छन् ।यहि सिलसिलामा बराहक्षेत्रमा कृतिको विषयमा कवि चन्द्र गुरुङ ,कवि विवश बलिभद्र कोइराला र कवि थेगुवाबीच सहजकर्ता दीपा मग्रातीले अन्तरसंवाद गराएकी थिइन् । 

स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको नविनतम् कृति सपनाहरूको बहीमा कविका समय बोल्ने कविता बाहेक अग्रज साहित्यकार कृष्ण धरावासी र कवि तथा अग्रज पत्रकार राजकुमार दिक्पालका नजरमा कवि थेगुवाप्रतिको छोटो र संक्षिप्तीकरण कवित्वको परिचय प्राप्त गर्न सकिन्छ । 

कार्यक्रम विशेषगरी थेगुवाका गणितीय चिन्हहरुको प्रयोगमा आधारित कविता लेखनको विषयमा अन्तरसंवाद गरिएको थियो।कवि थेगुवा प्रयोवादी हुन्।साहित्यमा गणितीय चिन्हहरुको सरल र सफल प्रयोग गर्न सक्नु विशिष्ट क्षमताको कवि रहेको वक्ता चन्द्र गुरुङले बताए । 

समकालीन समयको पदचाप पछ्याउँदै निरन्तर पचासको दशक अघिबाट सङ्ग्रहित र सार्वजनिक साहित्यिक सहकार्यमा निरन्तर साधनमा सकृय,कविता,गजल, गीत, समसामयिक लेख रचना र कृति समीक्षामा अभ्यस्त रहँदै आएका अध्यापन र सामाजिक अनि व्यक्तिगत जीवनको श्रृङ्खला चलाई रहने थेगुवा सफल साधक र अभियान्ता रहेको विवश बलिभद्र कोइरालाले मन्तव्यका क्रममा बताए ।कार्यक्रममा महाकवि देवकोटा सम्बन्धि विशेष रचनावाचन रिदम खतिवडा , छविना लुङ्गेली मगर र प्रल्हाद भट्टराईको रहेको  थियो ।

 कवि थेगुवाको सपनाहरुको बही प्रकाशन हुनुपूर्व सप्तकोशीबाट (२०५४)संयुक्त गजल सङ्ग्रह, बुद्धले अस्त्र...(२०५८)कविता सङ्ग्रह,हर्के म अनि युद्ध(२०६८)गजल काव्य सङ्ग्रह प्रकाशन भइसकेका छन् भने सपनाहरूको बही(२०८१)कविता सङ्ग्रह कवि थेगुवाको व्यक्तिगत रचनाहरूको तेस्रो कृति हो ।
 कार्यक्रममा अतिथि कवि रामप्रसाद खरेल,कवि सेलिङ केसी, गजलकार रामु अधिकारी ,कवि प्रकाश दिप्साली लगायतका  कविहरुको उपस्थिति रहेको थियोे ।
समाजका उपाध्यक्ष लक्ष्मण कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सविना फागो सचिव गरेकी थिइन् ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।