प्रज्ञा एकेडेमीमा ३५ अेाेँ वार्षिक उत्सव सम्पन्न
झापा १ फागुन /प्रज्ञा एकेडेमी भद्रपुरको ३५ अेाेँ वार्षिक उत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न गरिएको छ।
प्रधानाध्यापक इशुभ पाण्डेको अध्यक्षता,भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य,उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा प्याप्सन भद्रपुरका अध्यक्ष भक्तबहादुर कार्की,भद्रपुर नगरपालिका शिक्षा शाखाका प्रतिनिधि प्रेमबहादुर भुजेल, प्रज्ञा एकेडेमीअभिभावक संघका सचिव देवीचरण भण्डारी,लेखनाथ पुस्तकालायका सभापति नवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा -५ सम्मका नानी- बाबुहरुको लोभ लाग्दो प्रस्तुति र कक्षागत सामूहिक प्रस्तुति,सामूहिक नृत्य,गायन,लघु नाटक लगायतका कार्यक्रमले अभिभावकहरुको मन तानिरहेको थियो।
प्रज्ञा एकेडेमीमा लामो समयसम्म लेखापालको रुपमा सेवा गरेर अवकाश लिनुभएकी पूर्व कर्मचारी कविता खनाल र सोही विद्यालयमा कार्यरत यमुना क्षेत्रीलाई नगद ११,१११/- सहिद सम्मान गरिएको समाचार साहित्यकार देवीचरण भण्डारीबाट प्राप्त भएको छ।
कार्यक्रममा प्रेमबहादुर भुजेलले शुभकामना मन्तव्य राख्नु भएको थियो। विद्यालयको शिक्षा प्रमुख शेखर पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षकद्वय वषन्त अधिकारी र हेमा प्रधानले गर्नुभएको थियो।