पानीको रङ

निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी · भदौ १३, २०८१ ७:५६ PM
Cover Image for News

सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ–
पानीको रङ कस्तो हुन्छ –
कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोर
हिमालको छाया, पाखाको प्रतिविम्ब
त्यो भन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमै
निलो आकाश पानीमै टल्कियो
ताराहरूको झिलमिल हल्लिरहृयो पानीभित्रै
बादलका बुट्टाहरुले कति खेले लुकामारी यही पानीमा, देखियो
तैपनि थाहा लागेन–
पानीको रङ कस्तो हुन्छ –

अतीतका सुदूर स्मृतिमा
जब तिमी उभिन्थ्यौ किनारमा
तिमी जस्तै लाग्थ्यो पानीको रङ
म उभिन्थेँ मै जस्तो
तिमी नै भन–
पानीको रङ तिमी जस्तो कि म जस्तो –
तिमी हाँस्दा गुलाबी हाँसो हाँस्थ्यो पानी पनि
तिमी रुँदा कालो बादल लाग्थ्यो पानीको सतहभरि
पानी त गुलाबी पनि बन्थ्यो छिनमै
र अँध्यारिन्थ्यो पनि एक्कासि ।

यसपालि पनि लखेटिएको छु
प्रश्नका नीलडाम छन् शरीरभरि
नेपथ्यमा सोधिरहन्छ समय घरिघरि–
पानीको रङ कस्तो हुन्छ –
आज लाग्दै छ–
सायद पानीको रङ
तिम्रो र मेरो सम्बन्धको रङ जस्तै हुन्छ
सम्बन्ध जसको कुनै नाम छैन
पानी जसको कुनै रङ छैन ।

०००

ट्यागहरू:
सहित्य कविता sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६