पड्किन नसकेको बारुद : `समयको बारुद´

दिलिप घिमिरे · साउन ४, २०८१ ९:४३ AM
Cover Image for News

   हालै, गत ६ जुलाई नेपालको उर्लाबारीको मेयरको कार्यालयमा मेयरकै आँखाअघि 'समयको बारुद' पड्कियो। यो पड्कालाई सबैले थपडी बजाएर स्वागत गरे। कोही भागेनन्। असमकी समकालकी चर्चित समालोचक, कवि, उपन्यासकार डा.इन्दु प्रभा देवी भन्छिन्, ''यो काव्यिक चेतनामा  बारुदको शक्ति छ, तर बारुदको दुर्गन्ध कतापि छैन।'' चुरो कुरो यही हो। यो कुनै विष्फोटक पदार्थ थिएन, थियो एक काव्यकृति, कृतिकार कविता शर्मा पौडेलको 'समयको बारुद' र यसको लोकार्पण कार्यक्रम। 

समीक्षक

     झट्ट नाउँ सुन्दा कुनै विद्रोही कविको आगो उकेल्ने कविताहरूको सँगालो हो जस्तो लाग्छ। तर डा इन्दु प्रभाले भनेझैँ यहाँ बारुदको शक्ति छिपेको छ तर विस्फोटित भएको छैन। मानव जीवन अनेक घात-सङ्घात, पीडा-वेदना, उपेक्षा-तिरस्कार आदिले भरिएको हुन्छ र त्यसका बिच बिचमा झल्याकझुलुक आशाका किरणहरू हुन्छन्। जीवनमा कसैले धेर दु:ख झेल्छ, कसैले सुख धेरै। सुखप्रतिको, प्राप्तिप्रतिको चाहना चिरन्तन, सार्वस्थानिक र व्यक्ति निस्पक्ष हो। यही सुखको चाहनामै कविले कविता लेख्छ त्यो चाहे रोमान्टिक कवि होस् कि यथार्थवादी अथवा प्रगतिवादी। दृष्टिकोणगत भिन्नताले गर्दा एउटै विषयका कविताहरू पनि भिन्न धारामा पर्न जान्छन्।

(समीक्षक रुद्र बराल असमका चर्चित साहित्यकार हुन्)

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५