रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा

पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी · फागुन ३, २०८१ २:३० PM
Cover Image for News

रमेश दियालीको “भुसको आगो” पढिरहँदा मनभित्र अनेकौँ प्रश्नहरू उब्जिए । समाजको अँध्यारो यथार्थ, विसंगतिहरू, गरिबी, शोषण, अन्याय अनि परिवर्तनको आगो हो र  यी सबै विषयले मनमा अनेक हलचल समेत ल्यायो । 

यो कृति एउटा उदाहरण बनोस् हाम्रो समाजमा र यसले अर्को कृति जन्माउन लेखकलाई अझ धेरै मनोबल बढाओस् । यस उपन्यासका पात्रहरूसँग रूझिरहँदा म पनि एक हुँ कि जस्तो पनि भयो । यस कृतिले उठाएका विषय र सन्देश निकै सरल र सकारात्मक लाग्यो । 

लेखक दियालीसँग समीक्षक अन्तरे
यस उपन्यासले समाजका निम्न वर्गीय पात्रहरूको पीडा बोल्छ, जसले आफ्नो अस्तित्व र अधिकारका लागि संघर्ष गर्छन् । कथाका पात्रहरू केवल कथा मात्र होइनन्, तिनीहरू हाम्रो समाजकै ऐना हुन् । पढ्दै जाँदा लाग्यो कि के परिवर्तन सम्भव छ? यदि छ भने, कस्तो मूल्य चुकाउनुपर्छ? यो उपन्यासले विद्रोह, सपना, असह्य परिस्थितिसँगको द्वन्द्व, प्रेम, बलिदान र संघर्षको गहिरो कथा बुनेको छ ।

सबैभन्दा मन छोएको पक्ष भनेको उपन्यासको यथार्थपरक चित्रण हो। लेखकको लेखाइ जीवन्त छ, जसले समाजको कठोर साँचो अनुहार देखाइदिन्छ। कतिपय स्थानमा कथा यति प्रस्ट भएर आउँछ कि लाग्छ, म तिनै पात्रहरूसँगै बगीरहेको छु, तिनकै दु:खमा दुखी र तिनकै संघर्षमा आशावादी बनिरहेको छु ।

यो उपन्यास केवल कथा होइन, यो एक आवाज हो जो सबै पीडितहरूको जो आवाजविहीन छन् । यो केवल साहित्यिक कृति मात्र होइन, यो एक चेतावनी पनि हो । यदि अन्यायको भूसमा क्रान्तिको आगो सल्कियो भने त्यसको ज्वाला कसैले रोक्न सक्दैन ।

“भूसको आगो” पढिसक्दा मनमा एउटा बलियो अनुभूति रहन्छ । यस्तो लाग्यो कि न्यायको लागि संघर्ष अनिवार्य छ, र परिवर्तन सधैं सम्भव छ, यदि हामीले त्यसका लागि अडान लिन सक्यौँ भने र अन्त्यमा कृति र लेखकलाई हार्दिक शुभकामना र बधाई पनि भन्न चाहन्छु। 

पातलो अन्तरे

ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'
दिलिप घिमिरे - मङ्गलबार २४ फेब्रुवरी २०२६
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५