रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा

रमेश दियालीको “भुसको आगो” पढिरहँदा मनभित्र अनेकौँ प्रश्नहरू उब्जिए । समाजको अँध्यारो यथार्थ, विसंगतिहरू, गरिबी, शोषण, अन्याय अनि परिवर्तनको आगो हो र यी सबै विषयले मनमा अनेक हलचल समेत ल्यायो ।
यो कृति एउटा उदाहरण बनोस् हाम्रो समाजमा र यसले अर्को कृति जन्माउन लेखकलाई अझ धेरै मनोबल बढाओस् । यस उपन्यासका पात्रहरूसँग रूझिरहँदा म पनि एक हुँ कि जस्तो पनि भयो । यस कृतिले उठाएका विषय र सन्देश निकै सरल र सकारात्मक लाग्यो ।
सबैभन्दा मन छोएको पक्ष भनेको उपन्यासको यथार्थपरक चित्रण हो। लेखकको लेखाइ जीवन्त छ, जसले समाजको कठोर साँचो अनुहार देखाइदिन्छ। कतिपय स्थानमा कथा यति प्रस्ट भएर आउँछ कि लाग्छ, म तिनै पात्रहरूसँगै बगीरहेको छु, तिनकै दु:खमा दुखी र तिनकै संघर्षमा आशावादी बनिरहेको छु ।
यो उपन्यास केवल कथा होइन, यो एक आवाज हो जो सबै पीडितहरूको जो आवाजविहीन छन् । यो केवल साहित्यिक कृति मात्र होइन, यो एक चेतावनी पनि हो । यदि अन्यायको भूसमा क्रान्तिको आगो सल्कियो भने त्यसको ज्वाला कसैले रोक्न सक्दैन ।
“भूसको आगो” पढिसक्दा मनमा एउटा बलियो अनुभूति रहन्छ । यस्तो लाग्यो कि न्यायको लागि संघर्ष अनिवार्य छ, र परिवर्तन सधैं सम्भव छ, यदि हामीले त्यसका लागि अडान लिन सक्यौँ भने र अन्त्यमा कृति र लेखकलाई हार्दिक शुभकामना र बधाई पनि भन्न चाहन्छु।
पातलो अन्तरे




