प्रियासनको ‘कालो मन’
स्रस्टा सविन प्रियासनको उपन्यास ‘कालो मन’ सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
गत वैशाख महिनामा ‘कडी’ उपन्यास प्रकाशित गर्नुभएको प्रियासनले ६ महिनाको अन्तरालमा आफ्गो १२औँ कृति पाठक माझ ल्याउनुभएको हो । २०८ पृष्ठको ‘कालो मन’ कृषिमा आधारित उद्यमशीलतामा सफल एक युवा र संघर्ष गरेर चिकित्साशास्त्र अध्ययन गरेकी युवतीबिचको प्रेमकथामा आधारित रहेको छ । ‘कालो मन’ शीर्षकमार्फत नकारात्मक सोचप्रति टिप्पणी गर्दै, नकारात्मक विचारमाथि विजय प्राप्त गरी हरेक क्षेत्रमा सफलता हासिल गर्न सकिने सन्देश उपन्यासले दिन खोजेको लेखक प्रियासनले बताएका छन् । प्रियासनको यसअघि नौ वटा उपन्यास, एक कथा–सङ्ग्रह र एक सम्पादकीय–सङ्ग्रह पनि हालै प्रकाशित भएका छन् ।
घोराहीबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिरहनु भएका प्रियासन यसअघि राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिवको रूपमा पनि काम गरिसक्नुभएको छ ।