साहित्यकार द्वय अनन्त अर्याल र अग्निकुमार पल्लव सम्मानित
स्याङ्जाको वालिङमा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको छ । वालिङ्मा भएको एक कार्यक्रममा साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
आयोजक संस्था भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले २०७५ साज जेठबाट सुरु गरिएको नियमित मासिक रचना वाचनको ९० औँ श्रृङ्खला अन्तर्गत शनिबार उहाँहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
स्वर्गीय भेषजराज शर्माको ९३ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रमा प्राज्ञ तेजप्रसाद काफ्लेले साहित्य मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले भेषजराज शर्माको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
पुतलीबजार प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली साहित्य र भेषजराज शर्मासँगका सन्दर्भहरू प्रस्तुत गर्दै लोकसाहित्यका बारेमा प्रकाश पर्नुभएको थियो।
कार्यक्रममा सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई,पूर्व प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, एनआरएन अमेरिकाका सदस्य उपन्यासकार एकनारायण सुवेदी, गल्याङ प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष सूर्यप्रसाद डुम्रे लगायतले मन्तब्य राख्नुभएको थियो भने कवि तथा स्रस्टाहरुले कविताहरू वाचन गर्नुभएको थियो ।