झापाली साहित्य समाजको “एक साँझ युवाको माझ” कार्यक्रम सम्पन्न
कार्तिक ९ झापा /झापाली साहित्य समाज बिर्तामोडले “एक साँझ युवाको माझ”कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनुभएको थियो भने ‘बस्तीमा कुहिरो’ पुस्तकका लेखक रामचन्द्र नेपाल, कवि जे.के. तिम्सिना, साहित्यकार पुण्यप्रसाद खरेल, सहायक प्रमुख जिल्ला अधिकारी ज्ञानेन्द्र निरौला लगायतको विशिष्ट आतिथ्य रहेको थियो।
छैठौँ श्रृङ्खला अन्तर्गत शनिबार बिर्तामोडमा सम्पन्न साहित्यिक काव्य सभामा कवि तथा गजलकारहरूले आफ्ना सृजना प्रस्तुत गरेका थिए।
साहित्य समाजका सचिव विवेक निशानीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा लेखक रामचन्द्र नेपालले आफ्ना सृजनाहरू वाचन गर्दै निरन्तर लेखन यात्रामा रहिरहने प्रतिवद्धता जनाउनुभयो।
साहित्य समाजका सल्लाहकार तथा गजलकार केशव आचार्यले लेखक रामचन्द्र नेपालको पुस्तक ‘बस्तीमा कुहिरो’ को चर्चा गर्दै लेखकलाई अब्बल दर्जाका साहित्यकारका रूपमा प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्माले पुस्तकको समीक्षा गर्दै ‘बस्तीमा कुहिरो’ छोटा तर प्रभावशाली कथाहरूको संग्रह भएको र लेखकले मिश्रित भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्न सफल भएको टिप्पणी गर्नुभयो।
सहभागीहरूमा होम सुवेदी, रोमा निरौला, कृष्णप्रसाद गौतम, समीक्षा आचार्य, दुर्गाप्रसाद सिग्देल, देवीप्रसाद गौतम, वेदनिधि नेपाल, विकास सेवा, अनवर अली, पवन ढुंगेल, प्रशान्त वाग्ले, पत्रकार तीर्थ सिग्देल, गीता सुवेदी नेपाल, ज्ञानु बुढाथोकी, तुलसीप्रसाद भट्टराई, दिपेश राई, भीमप्रसाद नेपाल, ईश्वरीप्रसाद नेपाल, टोलीप्रसाद राजवंशी, बुद्धिप्रसाद नेपाल, देशू बेनम, देवीचरण भण्डारी, डिल्लीराम नेपाल, ज्ञानेन्द्र आचार्य, कविता घिमिरे, देवकुमार नेपाल, गजलकार मदन भण्डारी, सञ्चारकर्मी लिला अनमोल,देवीप्रसाद नेपाल, लेखक केशवप्रसाद मैनाली,मनोज बस्नेत,सुनिता बराल, बालकृष्ण नेपाल, भिजन गुरागाईं लगायतका झापाली साहित्यकार ,कवि, गजलकार तथा साहित्य स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।
साहित्यकार तथा समासेवी खिलप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई झापाली साहित्य समाजकी उपाध्यक्ष संगिता कोइरालाले सञ्चालन गर्नुभएको थियो ।