ओझेलका प्रतिभालाई मञ्च दिँदै तामाङ सेलो महोत्सव

दिलिप घिमिरे · मंसिर १३, २०८३ ६:४५ PM
Cover Image for News

झापा, १२ मङ्सिर / तामाङ समुदायका लोपोन्मुख मौलिक भाकाको संरक्षण र ओझेलमा परेका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चौथो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको छ।

नेपाल तामाङ कलाकार सङ्घको आयोजनामा यही मङ्सिर २५ र २६ गते राजधानीमा हुने महोत्सवमा डम्फु, सेलो, म्हेन्दोमाया, खन्दोके तथा फापरेलगायत मौलिक साङ्गीतिक भाका प्रस्तुत गरिनेछन्। स्थापित कलाकारसँगै नयाँ तथा ओझेलमा रहेका प्रतिभाले पनि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउने सङ्घका अध्यक्ष विशाल काल्तानले जानकारी दिए।

सोही अवसरमा तामाङ मौलिक सङ्गीतको प्रवर्द्धनमा योगदान पुर्‍याएका वरिष्ठ कलाकार प्रेम लोप्चनलाई ‘सेलो सङ्गीत पुरस्कार’ प्रदान गरिनेछ। कार्यक्रममा लोप्चनसहित चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङ र रोज मोक्तानलगायत चर्चित कलाकार तथा सङ्गीत समूहको प्रस्तुति रहनेछ।

सङ्घले यसअघि विसं २०७६, २०७८ र २०८० मा क्रमशः पहिलो, दोस्रो र तेस्रो संस्करणका महोत्सव आयोजना गरेको थियो।

ट्यागहरू:
साहित्य #गीत संगीत #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।