'केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्राकाे नाश !' हाेइन्त ? - व्यंग्यनारान पाँडे
[माैसमी हास्य-व्यंग्य]
"हओ पाँडेजी, हन ती हामेरका अल्लारे युबा केटाहेरू र पठेक्री केटीहेरू त दुस्रै दिन निहुँ डिल्लीबडै घुरिग'छन् त ? हन ती त हावाजाजकाे पिलेन चढेर हररर इण्डेकाे भर्मणमा हिनेका भन्दै लत्ता-कपडा ओभरलाेट काेचेका बाक्सा झाेला ब्याघहेरू खाँधी-खाँधी टन्न लाेठ गरेर ग'का तिइँ पर्तिर डिल्ली मात्तै पुगेर लख्रक्कै घुरेछन् ! निहुँ डिल्लीमा, ती क्या त, पाेरप्रार म र रामदुलारी केइ रात बास बसेकै बढेमानकाे ताजा हुटेलाँ पसेसि एक्कैचाेटि एता घुर्ने बेलामा मात्तै निक्से कि क्या हाे हँ, हामेरू जैसै ? तेस ट्याममा ताे हुटेलाँ ताजा खसीकाे पिउरतम् मासुकाे बाेस्याइलाे र म्यासिमम् टेसिलाे पक्कु-उक्कु, सेक्वा-उक्वा, भुट्वा-सुट्वा, कर्जीमर्जीकाे भुठन-सुठन र पाेलेकाे कानका पखेटा अनिखेर गुल्या-गुल्या रसगाेल्ला, बेहारी छइट ब्रान्काे ताे पढ्के ठाेकुवा हाे कि ठेक्वा, जुलफीहेरूका लागि हाेल निहुँ डिल्लीमै फ्यामाेस थ्याे ताे हुटेल । रामदुलारी र मैले पनि छाकीपाँचेक तेसै हुटेलाँ खाका थिम् भन्ने टेस अज्जै छ मेराे जिब्रामा ! सपथाेक ताजा पाइने हुँदा नै ताे हुटेलकाे नाम 'ताजा हुटेल' भया हाे भन्ने एतार्थ तथ्थे त छँइँछ । तेस ट्याममा ताे हुटेल बस-गाडी बिसाउने इस्टीसिनकै गल्लीकाे कच्ची घरमा थ्याे । तेइ हुटेल अैले पक्की बनेकाे हाेला र तेसैमा मेजमानीका ती-उक्त आइटेमका खाद्देहरू सित्थइँमा भक्कु खा'र, चइँन्जाेकेरे, डकार्दै घुरी पाे गए कि क्या ती केटाकेटीहेरू ? हुन ता, दुई सहे चालीस अरभ रुप्पेकाे आर्थिक दान दिने उधाराे कम्फम् पनि गराइरछन् अरे इण्डे गाेरमेनका पराइमिस्टर माेदीले । खाेई काेनि म पनि गा'थें भने अलिक थप्थे कि, म गइन ! ... - भन्दै आएकाे, गाउँलेहरू धेरैले 'मुसीकाे बाऊ' र थाेरैले 'जुँगे माइला' भनेर चिन्ने, पल्लाे गाउँकाे फटफटे गफाडी अधवैसेले पाँडेकै अगाडिकाे कुर्सिमा बसेपछि थप भन्याे -"म पनि तेस टेलीमा जाने इस्टम्याट गरेकाे थिएँ नि थिन त । माथि हेटकाेट्टरबड मेराे इक्छा साेदिएकाे पनि हाे केरे । तर, घरकाे माऊ गाई यस्सै ट्याममा ब्याउन साँजबेहानमा थ्याे र मेरी मिसेसनी बूढी पनि उसकी कान्छी माइजूकी बुइनीका देओरकाे सालाका छाेराकाे बर्त्तमन कार्जेमा ग'कीले एक्लैदाेक्लै घर छाेड्न मिलेन ! र, 'आ... हाेस् हइ, जान्न' भन्'र गइएन । गाकाे भा त नि ? क्या खाइन्थ्याे ती खाद्दे पनि तेस बेल्का, भाेलि बेहान र दिम्साे अनि एता घुर्ने ट्याममा पनि, कन्दनी गाडिने गरी ?" त्यसका काेदे फुइँकी सुनेर पाँडेलाई घाँटीबाट हुलुक्क अमिलाे पानी आए जस्ताे भयाे । तर, त्याे गाैंथलीकाे बाऊ-हरिराम बाजेहरू जस्ताे लुब्रुक-लुब्रुक आइरहेर बाेर गर्ने तत्व नभई बेला-बखत मात्र आउने भद्रपुरकाे अर्काे नमूना बासिन्दा भएकाे सम्झेर साेध्याे -"हालै त सम्माननीय प्रधान मन्त्रीसँग माननीय मन्त्रीहरू र सांसदहरू इण्डिया भ्रमणमा गएका थिए । तिमीले चाहिँ कुन केटाकेटीहरू नयाँ दिल्ली गएर के-के खाएर फर्किएकाे जस्ता कुरा कथुरेका नि ?" उसले ओठ बटारेर पिरिक्क आवाज निकाल्याे अनि भन्याे -"अनित्याँड अैले हामेरकाे नेपाल देशाँ हामेरले लाे'तान्तिक गन्तन्त्र लेराइराख्या छैनउँ त ? तपैंले हामेरकाे सम्बिदान पढ्या भा पाे ! नै त भने, साे सम्बिदान नामे पाेस्तककाे शुरुकाे इस्टाटिन् पानामै हामेरू जन्ता रास्टिए शक्तिकाे सब्से पाओरिलाे साेर्त हाे भन्या छ । तेसकाे माने के हाे भन्लाउ भने- देशमा सब्से ठूला जन्ता हुन् । म पनि जन्ता, तपैं पनि जन्ता । हामेरकै भाेटले त ती पर्दानमन्त्री, मन्त्री र साम्सत बनाइएका हुन् नि ! तेसाे भा'हुँदाखेरिन् तिन्का उम्मेर अन्सार ती केटा भए 'ए केटा !' भन्न र केटी भए 'ए केटी !' अनि बूढाबूढी उम्मेरका भए 'ए बूढा !' - 'ए बूढी !' भन्न जत्ति पाइँछ क्या । भख्खरका ठेट्ने केटा र ठेउकी केटीहेरूलाई हामेरले चइँ किन मानमनिताे गरिरनु हओ ह'न ? आफ्नै बिजेत ! अैलेकाे हाेल ओल माने समघ्र विश्शाेमा एस्तै प्रम्प्रा चल्दैछ भन्ने पनि नजान्ने तपैं जस्ताले के खान जिउँदै बाँचिर'नु गाँठे ! तपैं त हत्तैका लाटा रछाै हओ पाँडेजी ।" ... पाँडेकाे कान रनक्क तात्याे र अलिक कडा बाेलिमा भन्याे -" जेसुकै भए पनि राज्य चलाउने सरकारका पदमा पुगेका मान्छेलाई सम्मान त गर्नैपर्छ नि ! कस्ताे अरबख्रे कुरा गरेकाे ?" उसले तिखारिएर भन्याे -" नाप्याै तपैंले, खुत्यायाै । अरूसँग यस्ता सर्खारी चाकडीका कुरा गर्नु, हामेरू जत्तिका हामेरकाे पाटीका परफेट कार्रेकर्ता-कार्रेकतिनीहेरूसित चइँ गर्दै नगर्नु । याे मेराे फस आइण्ड लास वार्लिङ हाे ! हामेरू त अैलेकाे बालिन सर्खारलाई हामेरका चानेक्के जत्तिकै विध्वान 'बा मउसुप'-काे माहाँबानीकै लइनबड चिन्छाैं, बुद्नु भाे कि भ'न ? हामेरका 'बा' हजुर हालकाे याे पाङदुरे सर्खारतिर उनकाे चाेर अम्लाे साेजाे पार्दै -'केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्राकाे नाश !' माँबानी भनिबक्सिनु हुन्छन् क्या !...आहा कत्ति चइँ इन्टेस्टिङ माँबानी नि ? एसैबड ती केटाकेटी हुन् भन्ने सिउरली किल्लेरशील हुँदैन त अनिखेर ? कुराे..." बाेल्दाबाेल्दै उसले भित्ताकाे घडीमा आँखा लायाे र जिब्राे टाेक्तै भन्याे -"लु, ट्याम त चर्लक्कै गइग'छ त ! हेर त साँढे नउ बजेर झन्नै पच्चीस मिलिट पाे भइसकेछ, ला...है ! मलाई हामेरकै झाेडा गामकाे मिटिनकाे अदक्छेता गर्न जान देरी भइग'छ नि गाँठे, लु खा त !... यस्ता फाेकट्या कुरामा अल्मल्लिँदा त भीउँ राओल बनाइने ड्यान्जर पनि हुनसक्छ हामेरकाे पाटीमा । मूल नेता मउसुपकाे हुकमकाे काैनै जुआप नहुने इस्टीक्ली डिस्सिपिलिन पाे अैले झन् इस्टङ्ली मइन्ट्यान भइराख्या छ त हामेरकाे पाटीमा । लु म चइँ हिँने हए पाँडेजी ।" पाँडेले मुन्टाेकाे इसाराले हुन्छ भन्ने संकेत गरेपछि ऊ फट्फटाएर गइरहेतिर हेर्दै अनि पाँडेले मनमनै भन्याे -"हाे, 'केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्राकाे नाश ?' नै हाे त र'छ त 'अन्तखेरी' ?"....