नाटककार अर्जुन नेपालको `सीमा´नाटक कृति सार्वजनिक

दिलिप घिमिरे · चैत २३, २०८२ १०:४२ PM
Cover Image for News

झापा २३ चैत्र /पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित नाटककार अर्जुन नेपाल लिखित नाटक सीमाको एलिट क्लबको सभा हलमा शनिबार लोकार्पण भएको छ।

समालोचक प्राध्यापक कविराज न्यौपाने,प्राज्ञ विवश पोखरेल,रङ्गकर्मी भैरव क्षेत्री,साहित्यकार सरला चापागाईं लगायत स्रष्टाहरूले कृतिको लोकार्पण गरेका हुन् ।
 
विमोचित कृतिको समालोचक निर्मला कोइराला,बाबुराम पोखरेलले समीक्षा गरे ।
 समारोहमा साहित्यकार,रङ्गकर्मी गोपाल देवान,खेम नेपाली,प्राडा मेदिनीप्रसाद शर्माले लेखकलाई शुभकामना व्यक्त गरेका थिए।

फोटो
´आफनो सानैदेखि नाटकमा रुचि भएको र आफू कलाकार भएर नाटकमा अभिनय समेत गर्ने गरेकाले नाटकलेखनमा रुचि जाग्यो र त्यसैको प्रतिपल प्रस्तुत कृति जन्मिएको नाटककार नेपालले बताए । 

नाटक त्रिकोणात्मक प्रेम कथामा आधारित छ।साहित्यकार विवश पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त समारोह साहित्यकार प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने साहित्यकार दिनेशराज सुवेदीले अतिथिहरूको स्वागत र प्रतिष्ठानको महासचिव गोकुल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

ट्यागहरू:
#नाटक #कला#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।