नेपाल वाङ्मय परिषदद्वारा ६ स्रष्टा पुरस्कृत
झापा १६ जेठ /नेपाल वाङ्मय परिषद् धनगढी, कैलालीले शनिबार ग्रीनविच क्याफे पुतलीसडकमा भव्य कार्यक्रमका बीच छ जना स्रष्टालाई पुरस्कार अर्पण गरेको छ।
डा. पुष्करराज भट्टको सभाध्यक्षता र वरिष्ठ आख्यानकार हरिहर खनालको प्रमुख आतिथ्य; प्रा.डा. कपिल लामिछाने, तेजप्रकाश श्रेष्ठ, गाेपाल अश्क, डा. शेखर कुमार श्रेष्ठ, लता केसी, नवराज रिजाल, जगत वशिष्ट, वैरागी जेठालगायत दर्जनाैँ स्रष्टाकाे उपस्थितिमा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्वको परिचय लेखक तथा समीक्षक शेखर अर्याल 'शेतिक'ले गरेका थिए। कार्यक्रममा मनाेहर लामिछानेलाई नेपाली वाङ्मय साधना सम्मान २०८२ बाट सम्मान गरिएकाे थियाे ।
अमृत याेञ्जन तामाङलाई मातृभाषा वाङ्मय साधना सम्मान २०८२ बाट सम्मान गरियाे । सृजना शर्मालाई आरडी प्यास-राजलक्ष्मी चटाैत राष्ट्रिय प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गरियाे । त्यस्तै लघुकथाकार महेश प्रसाई राधिका-गाेपालदत्त लघुकथा सम्मान २०८२ बाट सम्मानित हुनुभयाे । लघुकथाकार तथा साहित्यिक पत्रकार अच्युत घिमिरेलाई पद्मा-रामचन्द्र लघुकथा सम्मान २०८२ बाट सम्मान गरियाे । लघुकथाकार कर्ण दयाललाई कर्मयाेद्धा सृजना सम्मान २०८२ बाट सम्मानित गरियाे ।
यसरी नेपाल वाङ्मय परिषद्, धनगढी कैलालीले यी सम्मान तथा पुरस्कारहरू २०७१ सालदेखि नियमित रूपमा प्रदान गर्दै आएकाे साे पुरस्कार यस वर्ष ६ जना स्रष्टाहरूलाई प्रदान गरिएकाे थियाे ।साे सम्मान कार्यक्रममा सम्मानित स्रष्टाहरूले आआफ्नाे मन्तव्य राख्नुभएकाे थियाे भने उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
प्रमुख अतिथि खनालले पुरस्कारकाे ओैचित्य र पुरस्कारकाे गरिमालाई प्रस्ट पार्दै पुरस्कृत स्रष्टाहरूलाई बधाईसमेत प्रदान गर्नुभएकाे थियाे । बीचबीचमा लघुकथाकार स्रष्टाहरूद्वारा लघुकथा वाचन गरिएकाे थियाे ।