नेपाली साहित्यको मोबाइल एप्स सार्वजनिक
![Cover Image for News](https://nepalisahitya.com/storage/113/01HVZE340KA2WN8W85D2AD2SQP.jpg)
जिविएलओका अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा बरिष्ठ साहित्यकार विप्लब प्रतिकको मुख्य आतिथ्यतामा आयोजीत उक्त कार्यक्रममा सिइओ क्लव ग्लोबलका सिइओ डा. शम्भु पोखरेल, डा. सुनिल पोखरेल, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी लगायत बिशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो ।
नेपाली साहित्यको क्षेत्रमा पहिलो पटक एप्स मार्फत साहित्यिक कृतिहरु पढ्न, सुन्न र हेर्न मिल्ने भएको हुँदा साहित्यीक क्षेत्रमा पनि डिजिटलाइज्ड भएकोमा खुसि मिलेको प्रमुख अतिथि विप्लब प्रतिकले बताउनुभयो । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुले पनि पहिलो पटक साहित्यिक एप्स तथा वेवसाइट लन्च भएकोप्रति खुशी व्यक्त गर्नुभएको थियो ।
उपस्थित पाहुनालाई स्वागत गर्दै नेपाली साहित्य एप्स तथा वेवसाइटका संयोजक अर्जुन उप्रेतीले एप्सका फिचर तथा एप्सलाइ कसरी सजिलै चलाउन सकिन्छ भन्ने बिषयमा डेमो प्रस्तुत गर्नुभएको थियो । दयाराम घिमिरेले सन्चालन गरेको उक्त कार्यक्रममा बोल्दै जिविएलओका अध्यक्ष कर्ण गुरुङले नेपाली साहित्य प्रतिको मोहकै कारण यस प्रकारको एप्स सन्चालनमा ल्याएको बताउनुभएको थियो ।
नेपाली साहित्य एप्सले साहित्यिक कृति सर्जकलाई आफ्ना कृतिको बजारीकरणमा सहज हुने दाबि गरीएको छ । नेपाली साहित्य एप्स एन्ड्रोइड र आइओएस दुवैमा उपलव्ध रहेको छ ।
![User](https://nepalisahitya.com/images/user.png)
![](https://nepalisahitya.com/images/user.png)
laxmi parsad devkota jibani
![](https://nepalisahitya.com/images/user.png)
खुसीको खबर हो ।
![बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम](https://nepalisahitya.com/storage/212/01J3QW46V6FA3EHC4TH8AS6ZJ5.jpg)
![बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न](https://nepalisahitya.com/storage/211/01J3QVEB81Q26A68ARK06T0HDX.jpg)
![आमा र आमाका साथीहरू](https://nepalisahitya.com/storage/208/01J3Q0GR52711GZNEJNX36GKGD.jpg)
![अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श](https://nepalisahitya.com/storage/207/01J3NHYCYH88W3Q9D69801FS6G.jpg)