नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा विभिन्न विधाका प्रज्ञा पुरस्कार घोषणा

दिलिप घिमिरे · वैशाख १०, २०८३ ७:४१ PM
Cover Image for News

झापा १० बैशाख/नेपाल प्रज्ञा-प्रतिष्ठानले विभिन्न विधाका ‘प्रज्ञा पुरस्कार-२०८२’ तथा प्रादेशिक पुरस्कारहरूको घोषणा गरेको छ ।

सदस्य-सचिव डा.धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार हरेक वर्ष प्रदान गरिँदै आएका पुरस्कारसँगै यस वर्षदेखि प्रादेशिक पुरस्कारसमेत समावेश गरिएको हो ।
घोषित पुरस्कारअन्तर्गत समालोचना विधातर्फ अभि सुवेदी,भाषा पुरस्कारतर्फ मुकुन्दशरण उपाध्याय,सामाजिकशास्त्रतर्फ डा.डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार र संस्कृति,लोकवार्ता तथा मौखिक इतिहासतर्फ डा.सोमप्रसाद खतिवडा पुरस्कृत हुनुहुने भएकाे छ ।
यसैगरी,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,गद्य साहित्यतर्फ आहुति(विश्वभक्त दुलाल), दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ तथा अन्तर्देशीय पुरस्कारतर्फ नरेश काङमाङ राई (बेलायत) चयन हुनुभएकाे छ ।
मातृभाषा(हिमाली–पहाडी) विधातर्फ बुद्ध योञ्जन र मातृभाषा(मधेश-तराई)तर्फ अमरेन्द्रकुमार यादव पुरस्कृत हुनुहुनेछ।

फोटो
यसैगरी,प्रादेशिक पुरस्कारतर्फ मलिसा याक्थुम्बा लिम्बु(महेन्द्रकुमार नेम्बाङ),मुना चौधरी,शान्ति प्रिय बन्दना,अनिल श्रेष्ठ,क्षितिज मगर,रमानन्द आचार्य र कर्ण दयाल ‘सोडारी’ चयन हुनुभएकाे छ ।
प्रज्ञा पुरस्कारको राशि जनही एक लाख रुपैयाँ तथा प्रादेशिक पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।सबै पुरस्कार आगामी २०८३बैशाख १७ गते दिउँसो १बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा प्रदान गरिने जनाइएको छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।