नेपाल प्रज्ञा-प्रतिष्ठानले`अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६´मनायो
झापा ११ फागुन /नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६ शनिबार सम्पन्न गरेको छ ।
काठमाडौँको कमलादी,घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाँकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियोे ।
कार्यक्रममा थारु,नेवा: मगर,लिम्बू,थामी,धिमाल, शेर्पा,गुरुङ,छन्त्याल,सुनुवार,राई,तामाङ लगायतका आदिवासी जनजातिले आ-आफ्ना सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए।पानसमा बत्ती बालेर उक्त महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियोे। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको मातृभाषा विभेदमा परेको थियोे ।मातृभाषाको संरक्षण र संवर्धानका नाममा ओैपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताउँदै भाषिक र सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने विषयमा जोडदिनु भएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सबै जातजातिका मातृभाषाको जर्गेना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार , विमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना प्रज्ञा- प्रतिष्ठानले गर्दै आएको बताउनुभएको थियोे ।
मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२का संयोजक , प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले नेपालमा मातृभाषाको संरक्षण र सम्बर्द्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताउँदै स्वागत मन्तव्य
प्रस्तुत गर्नुभएको थियोे।
मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२का सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र समर्पण गर्नुभएको थियोे। कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गर्नुभएको थियोे ।