नेपाली लेखन शैली दोस्रो संस्करण प्रकाशित

दिलिप घिमिरे · फागुन २५, २०८२ ५:४८ PM
Cover Image for News

झापा २५फागुन /´नेपाली लेखन शैली´ दोस्रो संस्करण प्रकाशित प्रकाशित गरिएको छ। 

कुनै पनि भाषाको लेखनलाई व्यवस्थित र आधिकारिक बनाउनका लागि त्यसको मानक लेखन वा मानक व्याकरण आवश्यक हुन्छ। यस्तो लेखन शैली संस्थागत रूपमा निर्धारित भएमा त्यसले भाषालाई स्पष्टता र आधिकारिकता प्रदान गर्छ। यही उद्देश्यलाई ध्यानमा राख्दै Central Institute of Indian Languages र Sikkim Academy को संयुक्त प्रयासमा सन् 2011 मा नेपाली लेखन शैली ( Nepali Style Manual) प्रकाशित गरिएको थियो। 

अहिले सो पुस्तक संशोधित रूपमा दोस्रो संस्करण प्रकाशित भएको छ। यसले विशेष गरी प्राज्ञिक तथा शैक्षिक लेखनलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्छ।  त्यसैले नेपाली भाषामा अनुसन्धान, शैक्षिक लेखन तथा औपचारिक दस्तावेज तयार गर्दा यसको उपयोगिता अझ बढी देखिन्छ। यसमा केवल वर्णविन्यास (हिज्जे) मात्र होइन जम्मा 17 वटा विषय समेटिएको छ। विषयसूची यस प्रकार छन्- 
 १. भाषा संरचना          1
 २. प्रभावकारी लेखन 14
 ३. वर्णविन्यास             29
 ४. विरामादि चिह्न         44
 ५. अङ्क र सङ्ख्या      53
 ६. तालिका                  60
 ७. निदर्शना                  64
 ८. आरेख                    70
 ९. सङ्क्षेपीकरण           82
 १०. पारिभाषिक शब्दावली 86
 ११. मानकीकरण         94
 १२. सन्दर्भ                 100
 १३ निर्देशिका                117
 १४. पाण्डुलिपि तयारी      126
 १५.  पाण्डुलिपि सम्पादन  139
 १६. पुस्तकका अङ्ग         155
 १७. सर्वाधिकार सुरक्षा        166 

दोस्रो संस्करणका सम्पादकहरू- डा.गोकुल सिन्हा,डा. प्रतापचन्द्र प्रधान,डा.खगेन शर्मा,रुद्र पौड्याल,डा.टेक बहादुर छेत्री र डा.अलिन्द्र ब्रह्म रहेका छन् ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।