नेपाल भाषाका स्रष्टा नरेश अमात्य ‘याताज श्याम विश्व सिरपा पुरस्कार’ बाट सम्मानित
झापा २३पुस/नेपाल भाषा साहित्य दबूले नेपाल भाषाकाे लघुकथाकार नरेश अमात्यलाई याताज श्याम विश्व सिरपा पुरस्कारबाट शनिबार सम्मान गरेकाे छ।
याताजको अध्यक्ष विमलकुमार ताम्राकारकाे अध्यक्षता र नेपाल भाषा एकेडेमीका भाइस प्रेसिडेन्ट डा. पुष्पराजराज कर्णिकारकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
प्रमुख अतिथि डा.पुष्पराज कर्णिकारले रूपैयाँ २५,५५५। नगदराशीको साथ प्रशंसापत्र अमात्यलाई अर्पिएको हो।
पुरस्कृत अमात्य यसअघि पनि आखे लघुकथा कथासंग्रहबाट पनि पुरस्कृत भइसकेका थिए। उनका आखे, निल र स्वां तीन पुस्तक प्रकाशित छन्।
भक्तपुर पार्टी भेन्यु सूर्यविनायक नगरपालिका ख्वपमा भएको कार्यक्रममा सुरेन्द्रलाल भुजूको मनूत छेँय् लिहाँवयाच्वन चिबाखं मुना लोकार्पण पनि भएको छ। कार्यक्रममा सय जना साहित्यकारको उपस्थिति थियो।