‘मेरो कविता : द रिदम अफ पोयट्री’ अन्तिम चरणमा
झापा, चैत ९ । कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोयट्री’को अन्तिम चरणको कार्यक्रमका लागि आयोजक जिबिएलओ(GBLO)का अध्यक्ष पातलो अन्तरे तथा कोषाध्यक्ष शेखर कोइराला नेपाल आइपुग्नु भएको छ ।
कविता लेख्ने नयाँ प्रतिभाहरुको लागि अवसरका रुपमा आएको उक्त रियालिटी सो माई प्लेटफर्मद्वारा निर्माण गरिएको हो । गएको माघ ४ गतेदेखि TNP universe युट्युव च्यानलबाट नियमित रुपमा प्रसारण हुँदै आएको छ । केवल क्षेत्रीले निर्देशन गर्नुभएको यस सोको सहायक निर्देशकका रूपमा पवित्रा राई रहनुभएको छ ।
निर्णायकहरूको मूल्याङ्कनसँगै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धीलाई भोट हाल्न सक्ने व्यवस्था गरिएको सो कार्यक्रममा प्रत्येक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिने र अन्त्यमा एक जनाले ‘मेरो कविता : द रिदम अफ पोयट्री’को उपाधि जित्नेछन् । प्रथम हुने एकजनालाई तीन लाख रुपैयाँ तथा उत्कृष्ट तीनलाई जनही पचास हजार पुरस्कार रहेको जानकारी समेत अध्यक्ष अन्तरेले जानकारी दिनुभएको छ ।
कवितालाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित सुरु गरिएको यस रियालिटी सोले नेपाली कविता र नवप्रतिभालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ