मेरा बा

किरण सुवेदी पोष्ट-दिलिप घिमिरे · भदौ १७, २०८१ ३:३५ PM
Cover Image for News

मेरा बा  
           किरण सुवेदी 

(भाद्रकृष्ण औशी- २०८१को पिता सम्मान दिवसको अवसरमा सम्पूर्ण बाहरूप्रति हार्दिक सम्मान् )
उत्साहलाई जगाइदिन सक्ने
सहासलाई थपिदिन सक्ने
दृढतालाई दृढ बनाइदिन सक्ने
अठोटलाई पूरा गराइ दिन सक्ने
सृष्टिका अपार शक्ति हुन्- मेरा बा ।

दुःखलाई टारी दिन सक्ने
पीरलाई हटाई दिन सक्ने
कल्मसलाई जलाई दिन सक्ने
अँध्यारोलाई उज्यालोतिर फर्काई दिन सक्ने
परचक्रीको ढाडै मर्काई दिन सक्ने
कुदृष्टिको रक्षक बनिदिन सक्ने
सृष्टिका विधाता हुन् - मेरा बा ।

छैनलाई छ बनाइदिन सक्ने
नभएको बेला पनि हुन्छ भनिदिन सक्ने
जति चाहिए पनि पुऱ्याइदिन सक्ने
जे चाहिए उत्तिखेरै पनि जुटाइदिन सक्ने
कुवेरको पूर्ण भण्डार हुन् - मेरा बा ।

उन्नतिका लागि
अलिअलि डर देखाउने
अलि अलि रहर देखाउने
बेलाबखत कर-ढिपी देखाउने
मेरै खुशीका लागि अलि परको शहर देखाउने
मेरे उन्नति र चम्किलो भविष्य निर्माणका
लागि दर्विलो आधार स्तम्भ हुन् - मेरा बा ।

सन्ततिको स्वास्थ्य शिक्षामा ध्यान दिन सक्ने
संस्कार र संस्कृति ज्ञान दिन सक्ने
सन्ततिका लागि बेपर्वाह ज्यान दिन सक्ने
व्यथाले निचोरिएर आँसुलाई
भित्रभित्रै पचाई दिनसक्ने
आफ्ना दीनहीन कथालाई भुलिदिन सक्ने
सृष्टिको योग र त्यागको प्रतिमूर्ति हुन् - मेरा बा ।

केटा केटीका कुरा सुनिदिने
बा आमाका कुरा बुझिदिने।
गाउँघर, ईष्टमित्रकहाँ पुगिदिने
आफन्तहरुकामा पनि जुटिदिने
बेलाबखत हाटबजार गइदिने
हामीलाई पनि पारिसम्म पुऱ्याइदिने
यति गरेर पनि आफ्ना कर्तव्य र
जिम्मेवारीमा कहिल्यै नचुकी दिने
सृष्टिको एउटा ब्रह्माण्ड नै हुन्- मेरा बा ।
कनकाई मा वि माई नगरपालिका-२ 
इलाम


ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
Surya Kuikel
२ हप्ता अगाडि

आहा: मर्मिक लाग्यो भिनाजु। सबै पढेँ । मन छोयो। साच्चै नै यस्तै हुन्छन बा।

सम्बन्धित पोस्टहरू
मेरी मायालु आउने दिन
मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
भगवानसँग  रिसाएको मान्छे
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
भोक
भोक
देवान किताती पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १० सेप्टेम्बर २०२४