मेरी आमा

Admin · असार १३, २०८१ ४:४२ PM
Cover Image for News

भानुको किरण जस्ती पूर्व दिशा झुल्किने मेरी आमा 

पुर्णिमाको जुन जस्ती अँधेरी रातमा टल्किने मेरी आमा 

धानका बाला सरी आली आलीमा झुल्ने मेरो आमा 

बसन्त ऋतुको फूल जस्ती जताततै फुल्ने मेरी आमा

चाचा, पापा, खाना, नाना भनी फुर्क्याउने मेरी आमा

न्यानो काखमा ममताले छोपी सन्तान हुर्काउने मेरी आमा 

लाला, बालाको तोते बोलीसंगै तोताएर बोल्ने मेरी आमा 

दुख: र बेदनाको पोको पनि हाँसीहाँसी खोल्ने मेरी आमा 

ऐया भन्दा सन्तानले सुस्काउदै परेली भिजाउने मेरी आमा

खान्न भन्दा कोखाई कोखाई गरी रिझाउने मेरी आमा 

रातैभरि पहरा दिने कतिबेला मुन्टो लुकाउछिन मेरी आमा 

सन्तानका लागि सानै बनि सदा शिर झुकाउने मेरी आमा

औशीको रातमा चन्द्रमा बनेर उज्ज्यालो दिने मेरी आमा

सन्तानका पिर व्यथा गहभरी आशुभित्रै लिने मेरी आमा

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६